यो साता मगर समुदायका एक सहकर्मीको वैवाहिक समारोहमा सहभागी हुने मौका मिलेको थियो । समारोहमा सहभागी परिचित एक युवालाई सोधें “नाको झेर्मुन ले ?” उनले जवाफ दिए, झेर्मुन ले । के सोचेर हो कुन्नी उनले अगाडी थपे, सञ्चो विसञ्चो सोध्न, खाना खाए नखाएको सोध्न तथा त्यस्ता प्रश्नको जवाफ फर्काउन सक्छु । कसैले मगर भाषामा गरेको कुरा बुझ्छु तर सबैको जवाफ फर्काउन सक्दिन ।
नेपाली बाहेक अन्य मातृभाषी नेपाली युवा र बालबालिकाको अवस्थाको यो एउटा प्रतिनिधि उदाहरण हो । आमाको काख वा बाबुको पिठ्युँमा बसेर बोल्न सिक्दै गर्दा सिकेको भाषा उनीहरुका लागि अब कठिन बन्दै गएको छ । अधिकांशका घरमा अंग्रेजी जुन उनीहरुका लागि तेस्रो भाषा हो, त्यो जान्नै पर्ने दवावमा छन् । कोही पाहुना आउँदा मातृभाषा होइन अंग्रेजीमा आर यु फाईन ? भनेर सोध्यो भने विलक्षण सन्तान जन्माएकोमा गर्वले छाती फुलाउने हामी अभिभावक छौं । अनि केहीका घरपरिवारमा मातृभाषा बोल्दाभन्दा नेपाली भाषामा बोल्दा खुसी हुने आमाबुबाहरु पनि छन् ।
आफ्नो मातृभाषा छोडेर अरु भाषा सिक्नु हुँदैन वा बोल्नु हँुदैन भन्न खोजेको होइन । सक्दो धेरै भाषा सिक्नु र जान्नु पर्छ जसका कारण हामीलाई आफ्नो जीवन यापनमा सहयोग पुग्छ । तर आफ्नो मातृभाषा बोल्दा पिछडिएको भइने भय पाल्नु र दोस्रो वा तेस्रो भाषाको पछाडि दोडनु चाहीँ हुँदैन । संसारमा सात हजारभन्दा बढी प्रकारका भाषाहरु बोलिन्छन् । नेपालकै कुरा गर्ने हो भने झण्डै १३१ प्रकारका भाषाहरु बोलिन्छन् । ति सबै भाषाहरुको संरक्षण हुनसके हाम्रो विविधताको संरक्षण हुन्छ । नेपालको सुन्दरता भनेकै यहाँको भौगोलिक, सांस्कृतिक, भाषिक, विविधता हो । यो सुन्दरतालाई जोगाई राख्ने र प्रत्येक मातृभाषीले आफ्नो अस्तित्व जोगाई राख्न पनि आफ्नो मातृभाषालाई लोप हुनबाट जोगाउनु पर्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि गत सोमबार फेब्रुअरी २१ तारिख अर्थात आगामी बुधबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । यो मनाउनुको कारण भनेको मातृभाषाको संरक्षण र विकासमा सबैको ध्यान जाओस् भन्ने नै हो । यो वर्ष “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईंदै छ । बालबालिकालाई उपयुक्त सिकाइको अवसर प्रदान गर्दै समावेशी समतामूलक समाज निर्माणका लागि अब बहुभाषिक सिकाइ प्रक्रृया अबलम्बन गर्नु जरुरी छ । अवश्य पनि यसमा चुनौतिहरु छन् तर तिनको सामना गर्दै सिकाइमा प्रविधिले प्रदान गरेको अवसरको सदुपयोग गर्दै अगाडी बढ्न सकौं । मातृभाषा बचाऔँ । आफ्ना सन्तानका लागि सिकाइ अनुकुल वातावरण निर्माण गरौं ।
विचार/दृष्टिकोण
-
अर्काे कारण हो, श्रीपञ्चमी धेरै जसो माघ महिनामा पर्नु र श्रीपञ्चमीका दिन पारेर बालबालिकाको…
-
पृष्ठभूमिःअदालतमा अहिले चेक अनादर मुद्दा संख्या अधिक रहेको छ । मान्छेमा इमान र धर्मको…
-
“मनीषा, तिमी यो सबैलाई परास्त गरेर बाँच्नेछ्यौ,” आशाले विश्वास दिलायो ।“तर तिमी त बिआरसिए–१…
-
मनाइँदैछ । यो वर्ष अर्थात सन् २०२४ को नाराको अर्थ सिमसारको संरक्षण भनेको मानव…
-
गरिन्छ । सहिद दिवसको अवसरमा आम नेपालीको मनमा प्रथम सहिद लखन थापा सहित ति…
-
१. विषयप्रवेशनेपालको इतिहासमा बीपी कोइराला संसार बुझेका, दृढ राष्ट्रवादी, अध्ययनशील, प्रजातान्त्रिक समाजवादका कट्टर अनुयायी,…
-
आहा पाल्पाको रानीमहल, तीन जिल्ला तीन नदीको संगमस्थल कालीगण्डकी रुरु क्षेत्रमा अवस्थित रिडी धाम,…
-
छैन । आमा बाबुले छोराछोरीको भलो नै चाहन्छन् त्यसैले उनीहरुलाई राम्रो लागेको केटासंग छोरीले…
-
अनुरोध गरिएको छ । न.पा.को यो सूचनाले धेरै नगरवासीलाई अब नगर फोहरले ढाकिने भयो…