
एम ए अर्थशास्त्र
अर्थतन्त्रमा विद्यमान रहेका असमानता कम गर्दै लैजाने कार्य अत्यन्त कठिन र जोखिमपूर्ण छ । नेपाल सरकारका संरचनात्मक कठिनाइले गर्दा आन्तरिक अर्थव्यवस्थामा निरन्तरता (consistency) कायम रहिरहेको हुँदैन । जस्तै अप्रत्यासित रुपमा कृषिको उत्पादन घट्न जाँदा खाद्यान्नको सामानको पूर्ती घट्न गएको हुन्छ जसले गर्दा बजारमा मूल्य बढ्दछ । त्यस्तै विद्युत उत्पादनमा कमि हुँदा औद्योगिक उत्पादन घट्दछ र समस्त अर्थतन्त्रमा प्रभाव पर्ने स्थिति सृजना हुन्छ । यस्तो अनिश्चितताले विकास योजनाको कार्यान्वयनमा अबरोध उत्पन्न भएको छ । यस्तो समस्याले गर्दा हाम्रो देशमा व्यापार घाटा, भुक्तानी सन्तुलनको समस्या, औद्योगिक उत्पादन क्षमतामा कमि, अविश्वनिय सूचना, तथ्याङ्क, मुद्रास्फिुर्ती (Inflation) जस्ता समस्या बारम्बार दोहोरिरहन्छ । यसको अलाबा हाम्रा प्रतिकुल सामाजिक मूल्य मान्यता पनि सक्रिय रहेका छन् । यसको परिणामस्वरुप विकास योजना कार्यान्वयनमा अनिश्चीतता देखापरिरहेका छन् । हाम्रो अर्थव्यवस्थामा पूजी र प्रविधिको कमिले गर्दा लक्ष भन्दा कम उत्पादन भइरहेका छन् ।
नेपाल गाउँ नै गाउँले बनेको देश, भौगोलीक विषमता, विभिन्न जातजाति, धर्म, संस्कृति, चाल चलन भएको कारण राम्रो योजना बिना विकासको कल्पना गर्न सकिँदैन । उपयुक्त योजना निर्माण गर्न बिज्ञ अर्थशास्त्रीको विशेष महत्व छ । नेपालको विकास अभियानमा आर्थिक योजना विना गरिबिको समस्या कुनै हालतमा कम हुन सक्दैन । राष्ट्रिय उत्पादन, प्रतिव्यक्ति आम्दानी, सम्पत्तिको असमान वितरण कम गराउन, रोजगारीका अवसरहरु सृजना गर्न, आर्थिक योजनाको तर्जुमा गर्ने र कार्यक्रम कार्यान्वयन गर्ने बाहेक अर्को कुनै विकल्प नै छैन । आर्थिक योजना मार्फत भविष्यको आसावादितालाई हेर्न सकिन्छ । संसारमा कुनै कालखण्डमा अत्यन्त दरिद्रतामा रहेको रुसले आर्थिक योजनाको कार्यान्वयन पछि आर्थिक विकास गरेको हो ।
विश्वको शक्तिशाली देश अमेरिकाको पनि झण्डै ९७ प्रतिशत भुभाग ग्रामिण क्षेत्रमा पर्दछ । गाउँ नै गाउँले भरिएको देश हो अमेरिका हो । ग्रामिण क्षेत्रमा मात्र ३० प्रतिशत जनसंख्या बसोबास गर्दछन् । देशको ८० प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछन् । अमेरिका विश्वमा चौथो जनसंख्या भएको देश हो । हाल अमेरिकामा ३४ करोड जनसंख्या बसोबास गर्दछन् । यो जनसंख्या ९५ लाख वर्ग कि.मि. क्षेत्रमा बसोबास गर्दछन् । केबल व्यावसायिक कृषि प्रणालिको अबलम्बन भएको कारण कुल उब्जाउ भूमिको केबल ३ प्रतिशत क्षेत्रमा कृषि व्यवसाय वा खेति गरिन्छ जुन खाद्यान्नको लागि देशका सबै जनतालाई प्रर्याप्त छ ।
नेपालको राजनैतिक संरचना भद्धा प्रकारको छ । देशलाई ७ प्रदेश, संघ २६५ प्रतिनिधी, माथील्लो वा राष्ट्रिय सभा ५९ प्रतिनिधि, महानगर, नगरपालिका, गाउँपालिकाको संरचना विकासमुखि भन्दा आर्थिक भारमुखी छ । अर्थतन्त्रले धान्न नसकिने प्रकारको संरचना भएको कारण भ्रष्टाचारले घेरिएको छ । राजनैतिक अस्तव्यस्तताको कारण समाजमा विक्रिति, विसंगती, अन्यौल, अस्प्रष्टता, अभाव, अन्याय, अत्याचार, दिन प्रतिदिन बढी रहेका छन् । समस्या निराकरण र मत्थर हुनको सट्टा मौलाउँदै गएका छन् । यस्तो विषम अवस्थाबाट मुलुकलाई मुक्ति दिन विदेशमा बस्ने युवाहरुले ‘युवाको एकता–आजको आवश्यकता’ भन्ने नाराका साथ देशको पक्षमा र विकासको पक्षमा आह्वान गर्दै गाउँ र शहरमा बसोबास गर्ने सम्पूर्ण जनतालाई समेटिरहेका छन् । युवाले देश हाक्नु पर्दछ । देश विकासको अभियानलाई एउटा System मा लगियो भने संसारको अग्लो चुचुरो सगरमाथा भए जस्तै नेपाल पनि संसारको सबैभन्दा धनि देश बन्न सक्दछ । नेपालहरु पर्यटक (Tourist) बनेर संसारको कुनैपनि देशमा जान सक्दछन् । स्वतन्त्रताको लागि लोकतन्त्रका लागि, परिवर्तनको लागि, विकासका लागी आर्थिक सम्बृद्धिका लागि स्वदेश र विदेशमा भएका सबै युवाहरु एकाकार भएका छन् ।
विगत ३५ वर्षको समयमा जनतालाई ३ वटा पार्टीलाई जनताले आलोपालो गरी समर्थन गरे/भोट दिए । यि पार्टीका नेताले समाजमा अन्याय, अत्याचार, शोषण, दमन, दुःख कष्ट दिए । केबल बेथिति र भ्रष्टाचारलाई प्राथमिकता दिए, राष्ट्रको ढुकुटिमा ब्रम्ह्लुट मच्चाए । आवाज विहिन मानिसलाई बोल्नै नसक्ने बनाए । आज दैनिक जसो ३५०० देखि ४००० जनाकाृ हारहारीमा युवाहरु विदेश पलायन भएका छन् । बृद्ध बुबा, आमा, साना लालाबाला केटाकेटीलाई झुप्रामा छाडेर विदेशिन बाध्य बनाइएको छ । शुसासन, समानता, न्याय, रोजगारी, औद्योगिक परिकल्पना, मानव अधिकारको सम्मानको, समस्या समाधानको लडिरहने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको छ । काबिल अर्थशास्त्री, वर्तमान अर्थमन्त्रीले विकासको मार्ग प्रशस्त गर्ने बजेट आ.व. २०८३÷०८४ को बजेट सांसद्मा पेश गर्दा खुसिका तरङ्ग समाजमा फैलिइरहेको छ ।
तनहुँको सन्दर्भमा अर्थमन्त्रीले विनियोजन गर्नु भएको बजेट ४ नगरपालिका ६ वटा गाउँपालिका गरी १० वटा पालिकामा ४ अर्ब ५६ करोड ५७ लाखको आर्थिक स्रोत प्रवाह भएको छ । जसमध्ये भानु नगरपालीकामा ५९ करोड ६८ लाख, भीमादमा ४५ करोड ६९ लाख, व्यासमा ९४ करोेड ३० लाख, शुक्लागण्डकीमा ६३ करोड ६८ लाख, आँबुमा ३१ करोड ४१ लाख, ऋषिङमा ३६ करोड ५९ लाख, घिरिङमा २८ करोड २९ लाख, देवघाटमा ३३ करोड ७० लाख, म्याग्देमा ३० करोड ६५ लाख, बन्दिपुरमा ३२ करोड ३८ लाख आ.व. २०८३/०८४ मा विकास निर्माण कार्यका लागि विनियोजन भएको छ । अर्थशास्त्रीलाई तनहुँवासी जनताले मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् ।
