
मुक्तिनाथ पण्डित
एम ए अर्थशास्त्र
ग्रामिण विकास मोडेल वर्तमान अर्थतन्त्रको आवश्यकता बनेको छ । नेपाल अधिराज्यको संविधान २०७२ ले परिकल्पना गरेको विकास अभियानमा ग्रामिण रोजगारी, उद्योगधन्दा, कलकारखाना, कृषिमा आधुनिकिकरण, बन, जलविद्युत, यातायात, सञ्चार, निर्माण व्यवसाय, स्थानिय कच्चा पदार्थमा आधारित उद्योग, पूर्ण रोजगार, आत्मनिर्भर अर्थतन्त्र, नेपाली समाज रुपान्तरणको प्रमुख उद्देश्य रहँदा रहँदै पनि पुुराना तीन दलले समाजलाई छिया छिया बनाएका छन् । विकास अभियानमा ध्यान केन्द्रित छैन । अशान्ति, भडकाव, द्वेष, कलह, बेमेलको वातावरण सृजना गरी समाजलाई विषक्त बनाएका छन् । सामाजिक सद्भाव बलियो बनाउनको सट्टा विभिन्न षड्यन्त्रका जालोबनी अस्तव्यस्त बनाएका छन् । म र मेरो भन्ने भावनालाई हामी र हाम्रो, हामी सबैको उन्नती, सम्बृद्धि, विकसित अवस्थालाई उन्मुख भएकै छैन । संसारमा प्रविधिको विकासले समाज रुपान्तरणले फड्को मारिसक्यो हामी सामान्य संकुचित विचारमा अल्मलिएका छौं । हिनताबोध नेतामा छैन । भ्रष्टाचार कुशाषनले समाज घेरिएको छ । राम्रो संस्कार सभ्यताको खोजी छैन । युवा बेरोजगारी व्याप्त छ । प्रत्येक नागरिकले अधिकार खोजी रहेका छन् । आफ्नो जिम्मेवारी , उत्तरदायित्व, काम कर्तब्य र अधिकारको सिमितता बारे कुनै संकल्प नै गर्दैैनन् ।
