Home विचार/दृष्टिकोणपाँच पि– बिकास मोडेल

पाँच पि– बिकास मोडेल

by Tanahu Awaj
4 views

मुक्तिनाथ पण्डित
एम ए अर्थशास्त्र

ग्रामिण विकास मोडेल वर्तमान अर्थतन्त्रको आवश्यकता बनेको छ । नेपाल अधिराज्यको संविधान २०७२ ले परिकल्पना गरेको विकास अभियानमा ग्रामिण रोजगारी, उद्योगधन्दा, कलकारखाना, कृषिमा आधुनिकिकरण, बन, जलविद्युत, यातायात, सञ्चार, निर्माण व्यवसाय, स्थानिय कच्चा पदार्थमा आधारित उद्योग, पूर्ण रोजगार, आत्मनिर्भर अर्थतन्त्र, नेपाली समाज रुपान्तरणको प्रमुख उद्देश्य रहँदा रहँदै पनि पुुराना तीन दलले समाजलाई छिया छिया बनाएका छन् । विकास अभियानमा ध्यान केन्द्रित छैन । अशान्ति, भडकाव, द्वेष, कलह, बेमेलको वातावरण सृजना गरी समाजलाई विषक्त बनाएका छन् । सामाजिक सद्भाव बलियो बनाउनको सट्टा विभिन्न षड्यन्त्रका जालोबनी अस्तव्यस्त बनाएका छन् । म र मेरो भन्ने भावनालाई हामी र हाम्रो, हामी सबैको उन्नती, सम्बृद्धि, विकसित अवस्थालाई उन्मुख भएकै छैन । संसारमा प्रविधिको विकासले समाज रुपान्तरणले फड्को मारिसक्यो हामी सामान्य संकुचित विचारमा अल्मलिएका छौं । हिनताबोध नेतामा छैन । भ्रष्टाचार कुशाषनले समाज घेरिएको छ । राम्रो संस्कार सभ्यताको खोजी छैन । युवा बेरोजगारी व्याप्त छ । प्रत्येक नागरिकले अधिकार खोजी रहेका छन् । आफ्नो जिम्मेवारी , उत्तरदायित्व, काम कर्तब्य र अधिकारको सिमितता बारे कुनै संकल्प नै गर्दैैनन् ।

विगतमा नेपाल सरकारले जनताको जीवनस्तर माथी उठाउन वित्तिय सुधारको नाममा विभिन्न उद्योग, कलकारखाना, सार्वजनिक संस्थानहरु नीजिकरण गरिएका थिए । खुल्ला बजार अर्थव्यवस्था फष्टाउनका लागि विभिन्न नीति नियम बनाइए तर विदेशी लगानी देशभित्र आकर्षित भएन । उदार औद्योगिक र व्यापार नीति अबलम्बन गरियो, यसबाट जनतामा अर्थव्यवस्थामा अनुकुल वातावरण सृजना गर्नुको सट्टा प्रतिकुल स्थिति सृजना भयो । अर्थतन्त्र परनिर्भरताको बाटोमा गयो । आर्थिक समायोजन कार्यक्रम जनताको हितमा आउनुको सट्टा परनिर्भरताको बाटोमा अगाडी बढ्यो । नेपाली उद्योग व्यवसायी, लगानीकर्ता हतोत्साही भए, नगरिक संग न त त्यसका लागि उचित वातावरण । समग्र प्रक्रियाले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको देखिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई माथी उठाउन काबिल अर्थशास्त्रीहरु बीच अन्तरक्रिया, छलफल, बहस गर्ने प्रयास नै गरिएन ।
खुल्ला बजार अर्थव्यवस्थाले गरिब र कमजोर वर्गको उपेक्षा ग¥यो । यसले उद्यमी व्यवसायीको मनोबल उच्च बन्न सकेन । गरिब र कमजोर अवस्थामा भएका व्यवसायीलाई फाइदा नपुगी दलाल पूँजिपति वर्गलाई बढी भन्दा बढि फाइदा पुग्यो । कमजोर अर्थतन्त्र पराधिज बन्दै गयो ।
विश्वमा विभिन्न देशमा भएको आर्थिक असमानताको कारण विकासोन्मुख र विकसित देश बीचको घुमिरहेको गरिबिको कुचक्र अध्ययन गर्न ‘विश्व विकास सिद्धान्त’ World Development theory.। वालेस्टाइनले प्रतिवेदन गरेका छन् । यस सिद्धान्तले असमानता, गरिबि, अभाव, पछौटेपन जस्ता तथ्यमा आधारित विषयवस्तुमा अध्ययन गर्दछ । गरिबिमा रहेका जनताको जीवनस्तर माथी उठाउन विभिन्न आर्थिक सिद्धान्तलाई समायोजन गरी सरकारी, नीजि क्षेत्र Public, Private partnership participatory Program एकैसाथ लागु गरियो भने अपेक्षीत विकासको लक्ष प्राप्ति हुन्छ । नेपालको सन्दर्भमा ‘5P’ को अवधारणा नै छिटो विकासको उत्तम विकल्प बन्न सक्दछ । समयमै सबैको यसतर्फ ध्यान जावोस् ।

Related Articles

Leave a Comment