दमौली/व्यास नपाको सभाकक्षमा मंगलबार आयोजित सुशासन कार्यशाला गोष्ठीमा पत्रकारलाई भिडियो खिच्न रोक लगाउने अख्तियार प्रमुखको कार्यलाई निन्दनीय र प्रेस स्वतन्त्रता विरुद्ध ठहर गर्दै नेपाल पत्रकार महासंघ एवं तनहुँ शाखाले असन्तुष्टि जनाएको छ ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीले “भ्रष्टाचार विरुद्धको सहकार्य” नाराका साथ चैत्र २४ गते आयोजना गरेको गोष्ठिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख सहसचिव नारायणप्रसाद रेग्मीले सार्वजनिक धारणा राख्दै गर्दा तस्विर तथा भिडियो खिच्दै गरेका पत्रकारलाई एक्कासी भिडियो नखिच्न भन्दै रोक लगाएको घटनाबाट अनुष्ट तनहुँका पत्रकारहरु कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
तनहुँका पत्रकारहरु माथि अख्तियार प्रमुख सहसचिव नाारायण प्रसाद रेग्मीले गरेको व्यवहारलाई नेपाल पत्रकार महासंघले महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको छ । साथै महासंघले प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकारको ख्याल गरी आगामि दिनमा यस्ता कार्य नदोहो¥याउन संवन्धित निकायको नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ । त्यसै गरी नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पनि तत्कालै विज्ञप्ति जारी गर्दै अख्तियार प्रमुख रेग्मीद्वारा भिडियो खिच्न रोक लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले अदुअआ जस्तो जिम्मेवार संस्थाका प्रमुखबाट सार्वजनिक कार्यक्रम स्थलमा आमन्त्रित पत्रकारहरुले तस्बिर तथा भिडियो खिचिरहेका बेला एक्कासी भिडियो खिच्न रोक लगाएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेपको रूपमा लिएको जनाएको छ ।
लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो जिम्मेवार संवैधानिक निकायका उच्च अधिकारीबाट प्रेस माथि अमर्यादित अंकुश लगाउने कार्य निन्दनीय र अस्वीकार्य रहेको ठहर महासंघले गरेको छ । महासंघ सभापति धनपति अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति महासंघ गम्भीर असन्तुष्टि व्यक्त गरेको
छ । यस्ता गतिविधि तत्काल बन्द गर्न र आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न जोडदार माग गरिएको छ ।
समाचार
-
दमौली/नया वर्षलाई मध्यनजर गर्दै टाइगरल्याण्ड युवा क्लब व्यास–४ को आयोजनामा टाइगरल्याण्ड दमौली महोत्सव हुने…
-
तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ पुट्टारका कृषकहरु दिनभर आफ्ना बाख्रा जंगलमा चराएर…
-
दमौली/नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको…
-
दमौली/नेकपा (एमाले) तनहुँको अगुवा कार्यकर्ता भेला ६ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको…
-
दमौली /नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा कौराहाको उद्गम थलो ऋषिङमा दोस्रो राष्ट्रिय…
-
यस वर्षको एसईई आजबाटः तनहुँमा २२ परीक्षा केन्द्र, ६ हजार १ सय ५५ परीक्षार्थी
by Tanahu Awajby Tanahu Awajपरीक्षा केन्द्रमै उत्तर पुस्तिका परिक्षण, एक महिनामै नतिजा प्रकाशन तयारी दमौली/गत माघ ७ मा…
-
दमौली/व्यास नगरपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनको अवस्थाबारे नागरिकलाई जानकारी गराउने…
-
दमौली/बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशनले प्रताप सिं अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको…
-
दमौली/नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँका छ पत्रकार पुरस्कृत भएका छन्…
