दमौली÷व्यास नगरपालिकाले असार–१० मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत ग¥यो ।
व्यासको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित ६१ बुँदा समावेश छन् भने बजेट बक्तव्यमा पनि शिक्षा छात्रवृत्ति प्रदान गर्ने लगाएतका कुरा समावेश गरिएको छ ।
नीति तथा कार्यक्रमको शिक्षा उपशिर्षकको पहिलो बुँदामा नगरभित्रका सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न एक वडा एक नमूना विद्यालय कार्यक्रम सञ्चालन गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अनुरुप कार्य अघि बढाइने उल्लेख छ । एक वडा एक नमूना विद्यालय कार्यक्रम पुरानै भएको तर कार्यान्यनमा नआएको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । विद्यालयहरुमा शिक्षक कर्मचारीहरुबाट समयको परिपालना, नियमितता, शिक्षक कर्मचारीहरु माथि विद्यालयमा उपस्थिति तथा समयको परिपालनालाई लिएर हुने गरेको नकारात्मक टिका टिप्पणीको अन्त्य गर्न, पेशाप्रति पूर्ण निष्ठावान र वफादार भई अध्यापन कार्यमा संलग्न भई शिक्षण सिकाइको समयमा वृद्धि गर्ने प्रयोजनका लागि विद्यालयहरुमा विद्युतीय हाजिरी तथा शिक्षक र विद्यार्थीहरुको लगबुक राख्ने व्यवस्थाका लागि विद्यालयहरुसँग सहकार्य गरिने कुरा नीति कार्यक्रमको ५६ नम्बर बुँदामा उल्लेख छ । यस अघि नै यो कार्यक्रम सञ्चालनमा आएको हो तर कतिपय विद्यालयमा यो अहिले कार्यान्यनमा छैन । अनुगमन र निरिक्षणको अभावमा यस्ता कार्यक्रमहरु बीचमै अलपत्र पर्ने गरेका छन् ।

दक्ष जनशक्तिको व्यवस्था गरी विद्यालय अनुगमन र निरिक्षणलाई निरन्तरता दिनु आवश्यक छ । बालीनाली गोडमेल र मलजलले सप्रेझैँ विद्यालय सपार्न अनुगमन र निरिक्षणरुपि गोडमेललको आवश्यकता पर्छ तर त्यता तर्फ आमस्थानीय तहको जस्तै व्यासको पनि ध्यान गएको छैन । यद्यपि विद्यालय अनुगमन र सुपरिवेक्षण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन संयुक्त एकीकृत अनुगमन संयन्त्र परिचालन गरिनुका साथै डिजिटल अनुगमनको व्यवस्था गरिने उल्लेख छ ।
नीति कार्यक्रमको ७४ औं बुँदामा स्थानीय पाठ्यक्रमको चर्चा गरिएको छ । पाठ्यक्रम बनाइएको छ तर पाठ्यपुस्तक व्यासले बनाएको छैन । पाठ्पुस्तक किन आवश्यक नठानिएको हो ? बुझ्न सकिएको छैन र यस पटकको नीति कार्यक्रममा पनि पाठ्यपुस्तक बनाउने कुरा उल्लेख छैन । पाठ्यपुस्तक अभावमा विद्यार्थीलाई सिकाइमा समस्या भएको तर्फ नगर सभाको ध्यान पुग्न जरुरी थियो ।
नीति कार्यक्रमको अर्काे बुँदामा सामुदायिक विद्यालयहरुको विश्वसनीयता बढाउन व्यास नगरपालिका भित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी÷सदस्यहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी अध्ययन र अध्यापन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । यो नीति तथा कार्यक्रम कार्यान्वयन तर्फ व्यास नगरपालिकाको दीर्घकालिन कार्ययोजना आउनु जरुरी छ । यो नीति कार्यान्वयन हुनेमा आम नगरवासीहरुमा आशंका छ । अझैपनि धेरै जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगाएतका बालबालिका निजी विद्यालयमा पढ्ने गरेका छन् । यस्तो घोषणा पहिले पनि गरिएको हो “किताबको माछा पो खानु हुँदैन, खोलाको त खान भै हाल्छ नि” भन्ने आमप्रवृत्तिका कारण घोषणाहरु आंशिक कार्यान्वयन हुने अर्थात औपचरिकता पु¥याउने तहमा सीमित भएका अनुभव नगरवासीसंग रहेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन विमा तथा बैंक खातामा पैसा जम्मा गर्ने जस्ता अनेकौं प्रयत्न देशका अन्य तथा तनहुँकै छिमेकी पालिकामा भइरहँदा व्यासको भने त्यता ध्यान पुगेको छैन । दृष्टि दोषका कारण कतिपय बालबालिकाले राम्रोसँग सिक्न नसकेका थुप्रै उदाहरण भेटिएका छन् । यसकालागि विद्यालय भर्ना पूर्व नै आँखा परिक्षण गर्ने, गराउने अभ्यास अन्यत्र सुरु भएको छ । अन्य स्वास्थ्य समस्या पनि त्यस्तै छन् । बालबालिकालाई सिकाइका लागि सहज वातावरण बनाउन बेलाबेला स्वास्थ्य परिक्षणका कार्यक्रमहरु गर्नु पर्ने देखिन्छ तर त्यता पनि व्यास नगरपालिकाले ध्यान पु¥याउन जरुरी छ । एसईई वा एसएलसीमा राम्रो नतिजा ल्याएका विद्यालयसँंग अनुभव साटासाटका कार्यक्रम हुन सक्छन् तर नीति कार्यक्रम र बजेट हेर्दा यस्ता कुरामा पनि व्यास नगरपालिकाले ध्यान पु¥याउन सकेको वा खोजेको अनुभूति हुँदैन ।
विगतमा जस्तै यस वर्षको नीति कार्यक्रम र बजेटमा शिक्षासँग सम्बन्धित कर्णप्रिय कार्यक्रम छन् तर कार्यान्वयनको अवस्था हेर्दा यस पटकका कार्यक्रम कार्यान्वयन हुनेमा स्वयम पनि आशंकित प्रतित हुन्छ ।