
एम ए अर्थशास्त्र
समाजको विकास सामाजिक विविधीकरणबाट शुरु हुन्छ । समाजका हरेक क्षेत्रमा सबै व्यक्तिको समानसहभागिता र सामाजिक अस्तित्व, समान व्यवहारबाट आन्दोलनको जन्म हुन्छ । समाज विविधिकरण तर्फ उन्मुख हुन्छ । जसबाट समाज सरलबाट जटिल(Simple to complex), समरुपीबाट बहुरुपी (Homogeneous to Heterogeneous), परम्परागतबाट आधुकिता (Traditional to Modern) तर्फ उन्मुख भएको पाईन्छ । मानिसले आफ्नो पहिचानका लागि समाज अघि बढाउनुका लागि विभिन्न किसिमका आन्दोलनलाई अंगाली रहेको पाइन्छ । त्यसकैको परिणाम स्वरुप Ethnic movement, Dalit movement हाल नेपालमा चलिरहेको छ । जसले समाज परिवर्तनलाई जोड दिएको पाईन्छ । समाज परिवर्तन हुँदै जाँदा सकारात्मक (Positive) र नकारात्मक (Negative) दुवै किसिमका घटना घटिरहेका छन् । यस्तो परिवर्तनले आन्दोलनको माहोल तयार गर्दछ । जसबाट समाजमा हत्या, हिंसा, चोरी, डकैती बढेर गईरहेको छ ।
समाजका सबै मानिसमा शक्ति (Power) समान हुँदैन । केही व्यक्तिले मात्र शक्ति आफ्नो नियन्त्रणमा लिएका हुन्छन् । जसका कारण समाजका मानिसहरु आ–आफ्नो समूह बनाएर विभिन्न तहमा विभाजित भएका छन् । यस्तो असमानता र विभाजनले मानिसहरु समय समयमा आन्दोलन गर्न एकत्रित भैरहेका छन् । एक बर्गले अर्को बर्गलाई दमन गर्ने कोशिष गरिरहेका छन्, जुन राजनैतिक प्रतिषोधको रुपमा उत्रिरहेको छ । जनताहरु नयाँ नयाँ विकल्पको खोजीमा छन् । नविन प्रविधिमा ज्ञान प्राप्त गरेका युवाहरुले परिवर्तनको प्रविधि अंगाल्न र प्रयोगमा अभ्यास गर्न लागेको बेला पुराना दलहरु एकत्रित भएर दमन गर्न खोज्दा शान्तिपूर्ण प्रदर्शनमा, आफ्नो कापी कलम झोला बोकेर सांकेतिक विरोधका लागि सडकमा हिडिरहेका किसोर युवालाई दमनकारी सरकारले निरसम्श हत्या ग¥यो । यस्तो आतायी सरकारको अन्त्यका लागि आगजनि, तोडफोड, भौतिक संरचना क्षति गर्न युवाहरु बाध्य भए । जुन घटनामा ७७ जना राष्ट्रको भविष्यका कर्णधार विकासका संवाहक, विवेशिल, नयाँ प्राविधिक ज्ञानले ओतप्रोत भएका सुनौलो देश विकासको परिकल्पना बोकेका अवोध बालबालिकालाई ताकी ताकी, छानी छानी, गोली हानी सरकारले मा¥यो । जुन दर्दनाक दृष्य देख्न, हेर्न र भन्न पनि सकिदैन । यसका बीचमा आन्दोलनको उभार आयो र सरकार बाद्य भएर ढल्यो, सरकार सञ्चालनको जिम्मा लिएकाहरु हेलीबाट भाग्न बाद्य भए । त्यसको परिणाम स्वरुप निर्वाचनको घोषणा भयो । छ महिनाभित्र निर्वाचन सम्पन्न पछि नयाँ युवा, प्रतिभाशाली, प्रशिक्षित, प्रावधिक ज्ञानले ओतप्रोत भएका देश विकासको सपना बोकेका युवाहरु सत्ता सञ्चालनमा अवतरण भएका छन् । पुरानो पुस्तालाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न आव्हान गर्दै नयाँ सरकार गठन गरी विकास प्रयासमा आफ्नो पदयात्रा बढाउन खोज्दा पुनः प्रतिगमनकारी पुराना सत्ताका आततायीहरु अवरोधका लागि उत्रिएको देख्दा, यिनलाइ रोक्न र खेद्नका लागि उच्च मनोवलका साथ युवाहरु अगाडि बढी रहेका छन् । यस्ता युवा जमातलाइ समाजका हरेक सचेत बौद्धिक व्यक्तिले प्रसंसा गरेका दृष्य हामी देखिरहेका छौं । यस्तो मनोवललाई विश्वभरी छरिएर रहेका युवाहरुले थप उर्जा दिएका छन् । यसलाई प्रत्येक नागरिकले समर्थन जनाइ दिनुपर्दछ । युवाहरु भनि रहेका छन् कि हामीलाई यो देश बनाउन अवरोध नगर, हामी हाम्रो देश बनाउन आएका हौं । सुशासन र भ्रष्टाचार मुक्त समाज सिर्जना गर्न विकल्पको रुपमा आएका युवालाई कसैले अवरोध गर्न प्रयास गर्नु दुःखद पक्ष हो ।
सबै प्रकारका राजनैतिक परिवर्तनको मुख्य काम भनेको लोककल्याणकारी राज्यको स्थापना गर्नु हो । राज्यका नागरिकको सजिलोका लागि गरेका सबै काम राजनैतिक परिवर्तनको माध्यमबाटै आएका हुन्छन् । कुनै पनि सभ्य समाजमा समाजकल्याणको काम राज्यले गर्नुपर्ने काममा शान्ति सुव्यवस्था कायम गर्ने, जनताको हक अधिकारको संरक्षण गर्ने, स्वास्थ्य, शिक्षा, रोजगारी, गास, वास, कपासको व्यवस्था गर्ने, प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र उत्खनन्, उत्पादन, उपभोग गर्ने, श्रमिक बर्गको लागि श्रम गर्ने वातावरणको निर्माण गर्ने, समाजलाई विघटनबाट जोगाउने, सामाजिक भाइचाराको मेलमिलापको अवस्था स्थापित गर्ने, बृद्ध गरिब, अशक्तलाई संरक्षण गर्ने, कृषि व्यवसाय र उद्योग वाणिज्य रोजगारलाइ प्रोत्साहन दिने, सार्वजनिक सेवाहरुको व्यवस्थापनलाई व्यवस्थित गर्ने कार्य राज्य सञ्चालकले गर्नुपर्दछ । वर्तमान समयमा नवगठित युवा सरकारलाई विश्वभरिबाट शुभकामनाका सन्देश आइरहेको छ । यस अवस्थामा छिमेकी देशबाट सुशासन र भ्रष्टाचार मुक्त शासन व्यवस्थाको कामना गरिहेका छन् ।
वर्तमान समयमा स्थापना भएको राजनैतिक संस्था, राष्ट्रको द्रुततर विकास (Speedy Development Model) को हतियार हो । यसले समाजको आर्थिक, सामाजिक, साँस्कृतिक संरचनाको परिवर्तनलाई निर्देशित गर्दछ ।
निष्कर्षमा भन्नु पर्दा, देशको विकास, समाजलाई परिवर्तन गर्ने शक्तिशाली औजार राजनीति हो । राजनीतिका नीति नियमले समाजमा नयाँ मान्यता स्थापित गर्दछ । सामाजिक भूमिका, व्यवहारमा परिवर्तन ल्याई प्रत्येक नागरिकको सामाजिक, सांँस्कृतिक जिवनको उच्चतम विन्दु निर्धारण गर्दछ । वर्तमान समयमा आएको परिवर्तनको सारथी बन्नु सबै विवेकशिल नेपालीको उत्तम विकल्प हो ।

1 comment
मुक्तिनाथ पण्डितज्यूले ‘समय सन्दर्भ’ मार्फत वर्तमान नेपाली समाजको समाजशास्त्रीय र राजनीतिक अवस्थाको गहिरो चित्रण गर्नुभएको छ। उहाँले समाज कसरी सरलताबाट जटिलतातर्फ र समरूपताबाट बहुलतातिर उन्मुख हुन्छ भन्ने सैद्धान्तिक पाटोलाई मात्र नकोट्याई, नेपालको वर्तमान राजनीतिक संक्रमण र युवा पुस्ताको उदयलाई जोडदार रूपमा प्रस्तुत गर्नुभएको छ।
लेखका मुख्य सबल पक्षहरू:
समाजशास्त्रीय विश्लेषण:समाजको विकासक्रम र यसमा हुने विविधीकरणले कसरी आन्दोलनको बीजारोपण गर्छ भन्ने तथ्यलाई लेखकले मार्मिक ढंगले प्रस्तुत गर्नुभएको छ। असमान शक्ति संरचनाले नै द्वन्द्व निम्त्याउने र त्यसले अन्ततः परिवर्तनको बाटो खन्ने उहाँको तर्क वस्तुपरक देखिन्छ।
युवा पुस्ताको उदय र बलिदान: पछिल्लो समय प्रविधिको ज्ञानले सुसज्जित युवाहरूको राजनीतिमा जुन आगमन भएको छ, त्यसलाई लेखकले आशाको किरणको रूपमा व्याख्या गर्नुभएको छ। ७७ जना युवाहरूको सहादतको प्रसङ्गले राज्यको दमनकारी चरित्र र परिवर्तनको मूल्यलाई प्रस्ट पार्छ।
पुरानो पुस्ता वा सत्ताले नयाँ पुस्तालाई सहजै बाटो नछोड्ने प्रवृत्ति (प्रतिगमन) लाई औंल्याउँदै लेखकले अबको बाटो ‘सुशासन र भ्रष्टाचार मुक्त समाज’ हुनुपर्ने सन्देश दिनुभएको छ।
निष्कर्ष:
यो लेख केवल एक राजनीतिक टिप्पणी मात्र नभई नेपाली समाजको बदलिँदो मनोविज्ञानको दस्तावेज पनि हो। “देश बनाउन आएका युवालाई अवरोध नगर” भन्ने आह्वानले प्रत्येक नागरिकलाई जिम्मेवार बन्न उत्प्रेरित गर्दछ। जबसम्म बौद्धिक जगतले यस्ता परिवर्तनका संवाहक युवाहरूलाई साथ दिँदैनन्, तबसम्म दिगो विकास सम्भव छैन भन्ने लेखकको निष्कर्ष मननयोग्य छ।