-कमलभक्त पोख्रेल
कोरोना भाइरसले चीनमा भर्खर आतंक मच्चाएको थियो । कतिपय देशहरुमा संक्रमणको सुरुवात भएको थियो । अष्ट्रेलिया नगई नहुने अवस्था थियो । छोरीको डेलीभरी हुने, नाती वा नातिनीको आगमन र स्वागत गर्ने तथा हजुरबुबा, हजुरआमा बन्ने पहिलो अवसर थियो । नयाँ देश, त्यसमापनि विकसित मानिएको देश कस्तो होला ? त्यहाँको रहनसहन, भेषभुषा, संस्कृति हेर्न बुझ्न पाईने अर्काे रमाइलो पक्ष थियो । एकातिर महामारीको अर्काे तिर नयाँ देश र परिवेशमा घुम्न पाइने वास्तवमा डर र उत्साहले हामीलाई एकसाथ अंगाली रहेका थिए ।
फागुन महिनाको ७ गते, प्रजातन्त्र दिवसको दिन १२ः३० बजे प्रस्थान गर्नेगरी मलेसियन एयरवेजको टिकट लिएका थियौं । सूचना आयो, हाम्रो जहाज २ घण्टा ढिलो हुने भयो । यस्तो ढिलाई संसारमै कम हुने रहेछ । नेपालमा शायद एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकोले नै यस्तो भयो । मलेसियामा पनि स्वाभाविक रुपमा ढिलो गरी ६ः३० मा
पुग्यौं । त्यहाँको चेक जाँच र एकैछिनको विश्राम पछि ८ बजे पुनः मेलवर्नको जम्बो जटमा चढ्यौं । अचम्म त के भने ४५० जना मानिस, तिनका ३०÷३० केजीका लगेजहरु, सात केजीको हाते झोला, स्कुल जत्रो जहाजको आफ्नै तौल, खाना, पानी, इन्धन बोकेर ८ घण्टा आकाशमा
उड्यो ।
दंग परियो । जहाज पूर्व तर्फ उडेको र पूर्वको समय छिटो हुनाले केही घण्टा उडेपछि उज्यालो भयो । नेपालमा हिउँद थियो तर उता अष्ट्रेलियामा भने वर्षा ऋतु सकिन लागेको जस्तो थियो । डम्म बादलले जमिन देखिँदैनथ्यो । कहिले समुन्द्र र कहिले सुन्दर वस्ती देखिन्थ्यो । जहाजमा कम्प्युटरद्वारा सूचना दिइरहन्थ्यो,कुन ठाउँमा पुगियो भनेर । अब कति समय लाग्छ, गन्तव्यमा पुग्न भनेर देखाइरहने हुनले कुनै अन्योल थिएन । अष्ट्रेलियाको समय अनुसार विहान ८ः३० तिर हामी मेलवर्न ओर्लियौं । विमानस्थल प्रशासन व्यवस्थित थियो तर पनि केही अलमल, कुकुर समेतले चेकजाँच आदि गर्दा करीब १० बजे विमानस्थलबाट बाहिरियौं । छोरी, ज्वाई विमानस्थल प्रवेशद्वारमा हाम्रो स्वागतमा पाउँदा साह्रै आनन्द लाग्यो । केही नरमाइलो पनि लाग्यो । लामो समयपछिको प्रत्यक्ष भेट भएर होला । यो मायाँ भन्ने चिजले हामीलाय आज सात समुन्द्र पारी र ३ वर्षको विछोडपछि पारिवारिक पुर्नमिलन गरायो भन्ने लाग्यो । परिवारको सञ्चो विसञ्चोको संक्षिप्त कुराकानीपछि हामी एउटा उभर चढेर घरतर्फ
लाग्यौं ।
ठिकैको पुरानो घर रहेछ हामी बस्ने । नेपालका थारुवस्तीका जस्ता खपटाले छाएक घरहरु देशैभर देखिए । शहरमा निकै कम मात्रै ठूूला घरहरु देखिए । घरमा ठूलो रकम खर्च नगर्ने अष्ट्रेलियनहरु बुद्धिमानी लाग्यो मलाई । घर भित्रका कोठाहरु भने फराकिला, भित्र प्रवेश गरेपछि मात्रै व्यवस्थित लाग्ने घर रैछन् । सबै घरहरुका वरिपरी सकेसम्म घेरै रुखहरु लगाइएका थिए । त्यो दिन त्यसै त्यसै दंग परेर बस्यौं, खायौंं । भोलिपल्टबाट मेलवनै सिटीर त्यहाँका कलाकृति हेर्न कहिले छोरीले त कहिले ज्वाईले घुमाउन लैजानु भयो । कोरोनको त्यस्तो डर नभएपनि नयाँ नातीको आगमन पश्चात घुम्न सहज हुने थिएन । करीब १० दिनभन्दा बढी घुम्यौं हामी । हामी मेलवर्न पुगेको १५ दिनमा नातीको जन्म भयो । खुसीको सिमा रहेन । बसाइलाई नातीको आगमनले आलौकिक आनन्दको अनुभव गरायो ।
हामीले देखेको मेलवनै सहर हाम्रो देश भन्दा फरक थियो । व्यवस्थित सडकहरु, ट्राफिक नियम, रेल तथा बसको सञ्चालन पनि साह्रै राम्रो । कृषि, उद्योग तथा व्यापारका भव्य व्यवसपन । जहाँ गयो त्यहीँ दंग परियो । मानिसहरुमा अति नै व्यवस्तता । हामीले ९१ तले युरेका टावरबाट मेलवनै सिटी लगभग पूरै देख्यौं । समुन्द्रको मनोरम दृश्य पनि देख्यौं । डेन्डनुङ पहाड त नेपालको भेँडेटारसंग तुलना गर्न मिल्ने रहेछ । पहाड, फाँट तथा पुरै मेलवनै सहर मात्रै नभएर समुन्द्र पनि खुल्ला रुपमा देखिन्थ्यो । लिलिडेल ताल, डुरेन आदि ठाउँहरु र अरु अवलोकन गर्न मिल्ने जति ठाउँहरु
घुम्यौं । सबै ठाउँ हेरिसकेपछि मेलवर्न अष्ट्रेलियाका बारेमा बसालेका घारणाहरु फरक र नौला लागे । त्यहाँ बालबालिकालाई निकै सहज तरिकाले हुर्काउन बढाउन वातावरण मिलाईदो रहेछ । कामलाई सानो ठूलो नभनिकन समान इज्जत गर्ने रहेछन् । १८ वर्षसम्म शिक्षा दीक्षा पालन पोषण अभिभावकले र तत्पश्चात राज्यको दायित्व अन्तर्गत पर्ने रहेछ । ६५ वर्षको उमेरसम्म प्रत्येकले श्रम गर्ने र तत्पश्चात एजकेयर सेन्तर(वृद्धाश्रम) मा बस्ने रहेछन् । मानिसहरु नेपालको तुलनमा दुखी
रहेछन् । फलफूल तरकारी तथा खाद्यान्नहरु जेनेटिक ईन्जिनियरिङ गरिएका उन्नत र नरम किसिमका उत्पादन गरिने रहेछ । मानिसहरु सकभर अन्तरदेशीय र अन्तरजातिय विवाह गर्ने रहेछन् । जातियताको कुरै नहुने रहेछ । खाने कुराहरुमा आत्मनिर्भर रहेछ ।
किसानलाई सबैभन्दा उच्च सम्मान गरिने र त्यसपछि श्रमिकलाई उच्च सम्मान गरिने रहेछ । श्रमको ज्याला सरकारले नै निश्चित गरिदिएको रहेछ । निजामती कर्मचारी,बैंक कर्मचारी वा जुनसुकै कामदारले उभिएरमात्र काम गर्न पर्ने
रहेछ । सबै अफिसियल कामहरु ईन्टरनेट मार्फत हुने भएकोले कार्यालयमा ज्यादै न्यून संख्यामा कर्मचारी बस्ने रहेछन् । मन्त्री तथा उच्च पदका व्यक्तिहरुलाई थप मान सम्मान कसैले गर्नु पर्ने बाध्यता रहेनछ । आफुले खाएको भाँडा आफै माझ्ने राम्रो चलन
रहेछ ।
वल्लो पल्लो घरमा बस्नेको परिचयसम्म पनि नहुने असमाजिक परम्परा पनि
रहेछ । सामाजिक कृयाकलाप भन्नु नै क्यासिनो, रेष्टुरण्ट, डान्सबार तथा जिमहलमा खाने पिउने र रमाउने खेल्ने रहेछ । एक दुई महिना मात्रको तलबले पनि सामान्यतया सेकेण्ड ह्याण्डको कार किन्न पुग्ने आम्दानी हुँदो रहेछ । जसले गर्दा धनी र गरीब छुट्याउन नसकिने रहेछ ।
खानेपानी शुद्धिकरण प्रक्रियमा निकै खर्च उठ्ने भएकाले खानेपानी निकै महंगो पर्ने रहेछ, जसले गर्दा करेसाबारीको लगानी चर्काे पर्ने रहेछ । मासु तथा दूध सस्तो र साग सब्जी महंगो पर्दाे रहेछ । किसान र मजदुरवर्गले उच्च सम्मान पाउने रहेछन् ।
अष्ट्रेलिया एक महिना बस्दैगर्दा त्यहाँ पनि कोरोना संक्रमण फैलियो । सरकारले तुरुन्तै कडा बन्दाबन्दी सुरु
ग¥यो । त्यहाँ रहेका ८० प्रतिशत नेपालीहरु प्रभावित भई कयौैको जागिर गयो । तीसौं लाख नेपाली रुपियाँ बराबरको रकम कलेज तथा युनिभर्सिटीमा बुझाउनु पर्ने बाध्यताले नेपाली विद्यार्थीको नीदहरण गरको थियो । ग्रोसरीमा किनमेल गर्न र काममा जान बाहेक बाहिर हिंड्न प्रतिबन्ध लगायो । यसैबीच अमेरिका, इटली, स्पेन जस्ता देशहरुमा हजारौंको संख्यामा मानिसहरुको मृत्युको खबरले निकै दुःखी बनायो । त्रसित वातावरणमा रह्यौं । नेपालको एकमात्र अन्तराष्ट्रय उडान बन्दहुँदा विदेशमा रहेका नेपालीको मनमा गम्भीर चोट प¥यो । उद्धारको उडानको नाममा नेपालीहरुलाई राज्यबाटै लुट्ने काम भयो । नेपालीहरुको कतिको विदेशमै अलपत्र अवस्थामा मृत्यु भयो । कतिलाई गम्भीर मानसिक असर परेकोले प्रायः बोल्नै चाहँदैनथे ।
छ महिनाको जवरजस्त लकडाउन पछि आश्विन १ बाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भन्ने सरकारी निर्णयले नेपालीलाई केही राहत महसुर गराएको थियो । तर भनेजस्तो तरिकाबाट सबैले नेपाल फर्कने मौका पाएनन् किनकी ति एयरवेजहरु मध्ये केहिले मात्रै अनुमति पाएका
थिए । अर्के एयरवेजबाट करीब तीन गुणा बढी भाडा तिरेर स्वदेश फर्कनु पर्ने बाध्यता नेपालीलाई थियो । हामीपनि मलेसियन एयरवेजको टिकट त्यागेर कतार एयरवेजमा फर्कन बाध्य भयौं । असोज २१ को टिकट मिल्यो । १४ घण्टा जहाजमा हुँइकियौं । मास्क, सेनिटाइजर मात्र नभएर फेससिल्ड लगाएर अत्यन्तै कष्टकर तरिकाले कतार पुग्यौं । तर पनि कतार एयरवेजको खाना व्यवस्थापन निकै प्रभावकारी पाईयो । कतार एयरपोर्ट संसारकै उत्कृष्ट मध्ये एक रहेछ ।
सबैलाई छुट्टा छुट्टै सिटमा आराम गरायो । १२ घण्टा लामो ट्रान्जिट समय । खानेकुरा किनीसाध्य थिएन । अत्यन्तै महंगो । करिब ५÷६ हजार नेपाली रुपैयाँको पानी, चिया तथा एक एक वटा केक र केरा मात्रै खाएर बस्यौं । हामीसंग पनि साथमा थुप्रै खानेकुरा भएकोले खाना, भात खोज्दै भौतारिनु परेन । भातै खानपर्छ भन्ने नेपाली सोचाईपनि गलत रहेछ । त्यस देशमा सामानहरु कुनैपनि हामीले किन्न सक्ने पहँुचमा थिएन । त्यसैले केही पनि किनेनौं ।
सांझ ६ बजे त्यहाँबाट नेपालका लागि प्रस्थान ग¥यौं । समुन्द्र माथि र छिमेकी भारतको आकाश माथिबाट जहाज उडेको थियो । दिल्ली, लखनउ, गोरखपुर, बिरगंजको आकाशमाथि आयौं । केही मिनेटमा काठमाण्डौ देखियो । नेपाली भूमि देख्नासाथ मन खुसी भयो । रातको एक बजे जहाज ल्याण्ड भयो । संसारमै नेपाली भूमि फरक प्रकृतिको लाग्यो । अरु देशको तुलनामा नेपाल प्राकृतिक विविधता, जैविक विविधता पाइयो । अथाह सम्भावना देशमा हुँदा हुँदैपनि विदेशिनु पर्नाको पिडाले प्रत्येक नेपालीको हृदय अमिलो हुने रहेछ । नेपालमा नै केही उद्योग गर्नपर्छ भन्ने भावना पनि हुने रहेछ ।
देशभक्तिको भावना त विदेशमा दुःख गरको नेपालीमा हुँदो रहेछ । हामीलाई पनि निकै भावुक बनायो । अब देशको लागि, समाजको लागि र नेपालीलाई नेपालमा राख्नको लागि केही बोल्नैपर्छ, लेख्नैपर्छ र स्वदेशमै नेपालीहरुलाई राख्न सल्लाह दिनुपर्छ भनने विश्चित विचार दिनुपर्नेछ भन्ने लाग्यो । नेपाल सुन्दर छ, शान्त छ, उर्वर भूमि छ । अथाह जलश्रोत छ । यहाँ जल, जंगल, जमिन र खनिजको उचित प्रयोगबाट संसारकै उच्च विकसित देश बनाउन सकिने अथाह सम्भावना ाछ । देशको अस्तित्व बलियो ेगरी धानेको राजसंस्था रहेछ, जुन अब विलुप्त भैसकेको छ । देश अब सिमित दलालको नियन्त्रणमा कठपूतली जस्तो स्वरुपमा मात्रै रहनु हुँदैन । हामीसंग मुस्ताङका अमूल्य अणु युरेनियम लाखौं टनमा छन् । केही दलाल प्रधानमन्त्रीहरु दुइ केजी युरेनियमको भाउमा ती खानीहरु सहित देशलाई अमेरिकाको जिम्मामा बेच्न लागेका छन् । एमसिसीको नामबाट देश बन्धक राख्न उद्ययत छन् । इतिहास हेर्ने हो भने कहिल्र्य पराधिन नभएको देश अब पराधिन हुने त हैन ? भन्ने कुराले आम नेपालीलाई पिरोल्नु स्वाभाविक हो ।
यिनै दलालहरु विगतमा महाकाली परियोजनामा बर्सेनी अरबौं रकम आउनेछ र देशको आर्थिक विकासम कायापलट हुनेछ भनेका थिए । यिनले देशमा जानजाति र भाषा, धमै सम्बन्धि नराम्रो कलहको बीउ रोपेका छन् । सबैले यस्ता कुराहरुलाई बुझेर एउटा राष्ट्रिय संकल्प गर्नु परको छ । एक्काइसौं सताब्दीमा जात, धर्मको कुरा भजाएर यहाँ कृतिम अस्थिरता सृजना गर्न खोज्ने देशी,विदेशी तत्वलाई सबे नेपाली मिलेर परास्त गर्नुृ परको छ । राष्ट्रिय एकता, मेलमिलाप र भाइचाराको भावनाले मात्रै यो संकल्प पूरा गर्न सम्भव छ ।
अब राजतन्त्र फिर्ता गर्न सहज पनि छैन । पारसलाई राजा मानेर के नै पाइएला र ? भन्ने पनि छन् । हैन हृदयन्द्रलाई राजा बनाएर देशको सार्वजनिकताको रक्षा गर्नपर्छ भन्नेहरु पनि छन् । तर अब राजतन्त्र विउँताएर पुनः अस्थिरताको दिशा तर्फ लैजानु छैन । बरु प्रधानमन्त्रीले गरको भ्रष्टाचारको विरोध गर्न नपाइने हालैको व्यवस्था र देश टुक्राटुक्रा पार्न लादिएको संघियताको खारेजी हुनुपर्छ ।
वास्तविक गणतन्त्र संसारमा प्रचलित व्यवस्था नै हो । तर यो गणतन्त्र प्रायोजित र अर्काेले देश भाँड्न ल्याई दिएको बनेको छ । सबै धमै मान्नेलाई सहज होस् भन्नाका लागि धर्म निरपेक्षता ल्याईएको भएपनि यसलाई धार्मिक कलह गर्ने अधार बनाईनु दुर्भाग्यपूर्ण छ । यो देश यहाँ बस्ने सबै जातजाति, भाषाभाषीको साझा फूलबारी हो । देशको विकास कुनै ठेकेदार, मन्त्रीले होइन, हामी नेपाली आफैले गर्ने हो । देश बनाउने हो । श्रमजीवी वर्ग र किसानलाई उच्च मर्यादा र उचित पारिश्रमिक निर्धारण गरेर मात्रै देश विकास सम्भव छ । आउनुस् दाजुभाइ तथा दिदीबहिनीहरु सबै मिलेर हातेमालो गर्दै अगाडी बढौं । यो देश साँच्चिकै सुनको टुक्रा जस्तो मूल्यवान बन्नेछ । राष्ट्रिय संकल्प गरौं र राष्ट्र निर्माणका लागि पार्टीभन्दा माथि रहेर साथ दिउँ, यसैमा राष्ट्रको उन्नति छ ।
–लेखक निर्मल माविका शिक्षक तथा नेपाल शिक्षक संघ, तनहुँका अध्यक्ष हुन् ।