यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेसंगै यो उपन्यास अहिले चर्चाको शिखरमा छ । ०७९ चैत्र १२ गते सार्वजनिक गरिएको ऐँठन माओवादी जनयुद्धको कथामा आधारित रहेको छ । डेढ दशक लामो माओवादी शसस्त्र युद्ध भोगको नेपालीको अवस्थाको यथार्थ चित्रण गरिएको यो उपन्यासले नयाँ पुस्तालाई माओवादी विद्रोहबारे जानकारी गराउने छ । उपन्यास एक आम नागरिकको दृष्टि कथन भएकाले पाठकले मनपाराउने लेखक ओझाको विश्वास छ ।
यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेको थियो ।
विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएको थियो भने विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । यस अघि ऐलानी उपन्यास लेखेका ओझा सिर्जनशील स्वतन्त्रताको प्रयोगमा खप्पीस छन् ।
कला/मनोरन्जन
-
तिजको मौलिक गुन्जनः विरलै सुन्न पाइने तिजको मौलिक गित, नाँच र वाद्यवादन तिजको दिन…
-
“बुट्टे चोली धोइछु छुन्न नभनमाइत जान्छु राजै हुन्न नभन”श्रीमती घर नहुनासाथ बाहिर डुल्ने श्रीमान्लाई…
-
नेपाली हास्य जगतका बादशाह हरिवंश आचार्यले कुनैपनि काम ठूलो सानो नहुने भएकाले सबै कामको…
-
सिँहदरबार छिरेपछि कुर्सी मनपर्यो ।”यसैगरी विभिन्न भ्रष्टाचारका फाइल खुल्नासाथ भेटघाट गर्ने र त्यसलाई सामसुम…
-
सति घाटुसति घाटु वैशाख पूर्णिमाको समय पारेर नाच्ने गरिन्छ । यो नाच वैशाख पूर्णिमाको…
-
गाउँ भरी उसलाई ठूलो उपनामले सम्मान गरिएको थियोे। ‘भीमे पागल’ ।यो उपनामले उ १०…
-
-
-
Newer Posts