दमौली/असोज नौ गतेदेखि बढेको अविरल बर्षासंगैको बाढी पहिरोको जोखिमको त्रासले स्थानीय सरकार व्यास नगरपालिकाले पनि सुक्रवार सार्वजनिक विदा नै घोषणा ग¥यो । असोज ९ गतेदेखिको अविरल बर्षा असोज ११ गतेसम्म रह्यो । यो बर्षले काली नदीमा रहेका झोलुंगे पुल तथा मोटरेबुल पुलमा क्षति पु¥याएको स्थानीयले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । स्रोतका अनुसार काली गण्डकीमा रहेको बौदीकाली डेढगाउँ र घिरिङ्ग जोड्ने मानपुर निस्कने मोटरेवुल पुलमा क्षतिपुग्दा सवारी आवागमन नै बन्द भएको छ । पुल भने बगाएको छैन । त्यसैगरी धेरैवटा झोलुंगे पुलमा नोक्सान पुगेको छ । घिरिङ्ग गापा वडा नं. १ अत्रौली र रामपुर न.पा. काशीवन जोड्ने झोलुंगे पुललाइ पनि असोज १२ गते आएको बाढीले क्षति पु¥याउँदा मान्छेको आवागमन नै अवरुद्ध भएको छ ।
