Tanahun Awaj
समाचार

फागुन २५ मा राष्ट्रपति निर्वाचन

दमौली/निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचको मिति तय गरेको छ ।
सोमबार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते विहिबार तथा उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते शुक्रबार हुने भएको छ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० मा गरिने छ । सोही १२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने र १३ गते मनोनयन दर्ताको समय तोकिएको छ । १३ गते साँझ नै उम्मेदबारको सूचि प्रकाशन गर्ने र आवश्यक अन्य प्रक्रिया पछि १५ गते नामाबली प्रकाशन गर्न कार्यक्रम आयोगले तय गरेको छ ।
उम्मेदवारी फिर्ताका लागि १६ गते एक दिन छुट्याइएको छ । सोही साँझ उम्मेदबारको अन्तिम नामावली प्रकाशन
गरिनेछ । राष्ट्रपति छनौटका लागि मतदान फागुन २५ मा हुनेछ ।
उता उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता फागुन २७ मा गर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । आयोगले यस बिचका सबै प्रक्रिया पूरा गरेर २८ गते उम्मेदबारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रदेशगत रुपमा गर्ने गरी तयारी गरेको भएपनि यस पटकका लागि आवश्यक तयारी नपुगेकाले काठमाण्डौमा नै मतदान हुने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुबिच जोड घटाउनेको श्रृङ्खला पनि सुरु भएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससंग यो निर्वाचनका लागि सबैभन्दा धेरै १६ हजार २२१ मतभार छ । सत्तारुढ एमालेसंग १५ हजार २३३ तथा नेकपा माओवादीको सातहजार ७७५, नेकपा एससंग दुइहजार ५७४, राप्रपासंग दुइहजार ४५० तथा जसपासंग दुइहजार १४५ र राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकहजार ५८० मतभार रहेको छ ।
यसैगरी जनमत पार्टीसंग एकहजार २४२, लोसपासंग ९७१, उन्मुक्ति पार्टीसंग ८९२, स्वतन्त्रसंग ६५०, मानोनितसंग २३७ र राष्ट्रिय जनमोर्चासंग २०६ मतभार रहेको छ ।
संघीय संसद सदस्य तथा प्रदेशसभा सदस्य मतदाता रहने यो निर्वाचनको कुल मतभार ५२ हजार ७्र०७ रहेको छ र राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३५४ मत आवश्यक हुन्छ ।

Related posts

दुई बर्षदेखि विवादित संगम क्लब
प्रशासनको तटस्थताले छुट्टाछुट्टै अधिबेशन–सभा

admin

प्रधानमन्त्रीलाई ज्ञापन पत्र (पत्र सहित)

admin

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin