पटक पटक अपमान र उपहासको पात्र बनाइयो
दमौली/नेपाली काँग्रेस तनहुँको इतिहासमा कूलचन्द्र वाग्ले नाम गरेको व्यक्तिको विगत, योगदान र वर्तमान बुझेका नेपाली काँग्रेस तनहुँमा क्रियाशिल व्यक्तिहरुले उनको विज्ञता, बौद्धिकता र व्यक्तित्वको अपमान र उपहास गर्न सफल भएकोमा पुरुषार्थ महसुस गरिरहेका छन् ।
नेपाली काँग्रेसको १५औं अधिवेशन गर्ने क्रममा त्यो खालको अपमान र उपहास व्यास नगरपालिकाको वडा नं. ७ नरंगा कलेस्ती को निर्वाचनका क्रममा भएको हो । १४औं महाधिवेशनको अनुभवले यस्तो निर्मम बनाएको बुझाई काँग्रेसबृत्तमा रहेको छ ।
प्रेस युनियन केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष समेत भैसकेका कूलचन्द्र वाग्ले बरिष्ठ पत्रकार पनि हुन् । पत्रकार उत्पादन गर्ने कुसल प्रशिक्षक पनि हुन् । शिक्षक प्राध्यापकको दक्षता र योग्यता भएका व्यक्ति पनि हुन् । हाल वहालवाला प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष समेत रहेका छन् ।

कूलचन्द्र वाग्ले प्रतिवन्धित पञ्चायती व्यवस्थाको दवदवा कालमा विद्यार्थी जीवनदेखि नै काठमाण्डौमा बसेर शिक्षण गर्दै पढेर, जिल्लाबाट गएका नयाँ विद्यार्थीहरुको दुःख आपत विपतमा सहयोग गरेर नेपाल विद्यार्थी संघको नेताको हैसियत बनाएका व्यक्ति पनि हुन् । नेपाली काँग्रेसभित्र पटक पटक विभाजन विग्रह द्वन्दका घटना परिघटनाहरुमा समेत अनुशासित, इमानदार, भद्र शालिनता पूर्वक विद्यार्थी कालदेखि विचलित नभई निरन्तर इमानदार र निष्ठापूर्वक आफ्नो कर्तब्य निर्वाह गरेका व्यक्ति हुन् भन्ने कुरा विद्यार्थी राजनीतिदेखि काम गर्दै आएको जो कोहीलाई जानकारी छ ।
काठमाण्डौमा बसेर पढ्दै गरेका विद्यार्थी, उपचारमा गएका विरामीका मान्छेहरु जसलाई सहयोग चाहियो उसले कूल चन्द्र वाग्लेलाई भेटेपछि र समस्या राखेपछि समाधान दिन सक्ने सामथ्र्य राख्ने उदारता भएका व्यक्ति हुन् भनेर उनीबाट सहयोग पाएका व्यक्तिहरुले मुक्तकण्ठले प्रसंसा गर्दछन् जसमध्य एक हुन् त्यो बेला पढ्नका लागि भरखर काठमाण्डौ पुगेका नयाँ विद्यार्थी हरिहरण पण्डित । आज एउटा समूहले असोज ३ गतेबाट र अर्को समूहले असोज १५ गतेबाट १५औं वडा अधिवेशन शुरु गरेर नेपाली काँग्रेस फुटको सन्देश दिएको यो परिस्थितिमा विगत पचासौ बर्षदेखि नेपाल विद्यार्थी संघ, प्रेस युनियन, नेपाली काँग्रेस र यसका कार्यकर्तालाई सहयोग, संरक्षण र उद्धार गर्दै आएको बौद्धिक, प्रज्ञा, शिष्ट, मिर्दुभाषी वाग्लेलाई नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता भाईबन्धुले मर्माहत तुल्याएका छन् । कसैको दील नदुखाउने, फरक धारमा हिडेकाहरु प्रतिपनि हार्दिकता देखाउन सक्ने वाग्ले संयोजनकारी सहजकर्ता हुन् ।
आफ्नो गाउँमा आएर १५औं वडा महाधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधि माग्दा नाटकीय ढंगबाट अधिवेशनको प्रमुख अतिथि बनाइ हजुरलाई त सर्वसम्मतै दिनुपर्ने हो, तर चुनावै हुनेभएपछि प्रक्रियामा त जानै प¥यो भन्दै हौस्याएर राजनीतिक वेइमानीपूर्वक क्षेत्रीय प्रतिनिधिबाट हराएर पठाउँदा नेपाली काँग्रेस तनहुँमा विज्ञ र बौद्धिक जनशक्तिको कदर हुँदैन, वेइमानीपूर्वक अपमान र उपहास हुन्छ भन्ने सन्देश व्यास नगरपालिका वडा नं. ७ नरंगा कलेस्तीले दिएको छ । विडम्बना वाग्लेथरकै व्यक्तिलाई प्रतिष्र्धी बनाएर हराउन सफल भएको अहिले बजारमा चर्चामा आएको छ ।
अन्यायमा पारिएका कूलचन्द्र वाग्लेको कानमा पुग्ने गरी क्षेत्रीय प्रतिनिधिमा हराएपछि होटलमा बसेर मेजमानी खाने क्रममा आफ्नो पुरुषार्थको बखान गरेको कुरा पनि सतहमा आएको छ ।
अघिल्लो पटक १४औं अधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा हराइएका वाग्लेलाई यस पटक त्यो माथिल्लो तहमा प्रतिष्पर्धा गर्नुपर्ने त्रास र भय भएका कमजोर प्रतिष्पर्धीले आफूलाई क्षेत्रीय प्रतिनिधिबाटै हराईदिन सक्दछन् भन्ने राजनीतिको तुच्छ, संकिर्ण र निर्मम परिभाषा बुझ्नै नसक्दा वाग्ले पराजित हुनुपरेको अहिले दमौली बजारमा चर्चा छ ।
