24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई अमेरिकी विमान आएको चर्चाले आतंकित नेपाल

विशेषसम्वाददाता
दुई ढुंगा बीचको तरुलको भौगोलिक परिवेशमा रहेको नेपालले असंलग्न परराष्ट्र नीतिमा नेपालको सार्वभौम स्वाभिमानी अस्तित्वलाई आजका मितिसम्म बचाई राखेको थियो । दरबार हत्याकाण्डकै समयमा रहस्मय विदेशी शक्ति प्रयोग भएको चर्चा पनि नचलेको
होइन । दुईतिहाई बहुमतको सरकार गिराएर बनेको देउवा सरकारले एमसिसी पास गरेर देशको विकासमा ठूलो राशीको अमेरिकी अनुदान भित्र्याउने प्रचार गरिरहँदा नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधिनता माथिको संकटका रुपमा युवराज संग्रौला, भिमार्जुन आचार्य, भिम रावल लगायतका दिग्गज विद्वानहरुले चर्को आवाज उठाएका थिए । भिम रावलले संसदमा समेत एमसीसीको विरोध गरे । एमसिसिप्रति सकारात्मक नभएकै कारण कृष्णबहादुर महराको सभामुख पद गएको पनि चर्चा चलेकै थियो । देशभर व्यापक विरोध हुँदा पनि देउवा सरकार, गगन थापाको गर्जन समेतका अवयवहरुले अमेरिकाले समेत अनुमोदन गर्ने बाह्रबुँदे व्याख्यात्मक टिप्पणी समेत संसदबाट प्रस्ताव पास गरेको भ्रम देशभर छरेर संसदबाट एमसीसी पास गराए ।
नेपालको असंलग्न परराष्ट्र नीति विरुद्ध एमसीसीको जाल फालेर नेपाललाई सेल्टर बनाएर चीन विरुद्ध गतिविधि सञ्चालन गर्ने अनुमति देउवा सरकारले संसदबाट अनुमोदन गराएर दिएको अहिले नेपाली स्वाभिमानीजनहरुमा चर्चाको विषय बनेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका दुई विमान नेपालमा अवतरण गरेको चर्चा
छ । तर नेपालको संसदमा त्यस बारेमा कुनै चर्चा चल्न सकेन । अझ आरोप त नेपाली संञ्चार माध्यमहरुले पञ्चायतकालिन प्रतिबन्धमा देखाएको हिम्मत नदेखाएको आरोप लागेको छ ।
कोरियाली प्रायद्विपको विभाजन, अफगानिस्तानको राष्ट्रिय संकट, इराक, भियतनाम पछिल्लो समय यूक्रेन र रुसको द्वन्द चर्काउन सफल बनेको अमेरिकाले अब नेपालमा सैन्य गतिविधि बढाएर नेपाल र चीन बीचको द्वन्द चर्काउने खेल शुरु गरेको छ । नेपाल सरकारलाई सूचना समेत नदिईकन अमेरिकी सहायक विदेशमन्त्री दलाईलामा रहेको शरणार्थी क्याम्पमा पुगेर भेट गरेको चर्चाले अब नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन थालेको संकेत दिएको छ । चीन विराधी गतिविधि गर्न नेपाली भूमि प्रयोग हुने अवस्थाले नेपाली आकाश युक्रेनको दशामा पुग्ने हो कि भनेर नेपाल र नेपाली आतंकित बनेका छन् । अर्को आतंक त नेपालको बजेटमा कर छुटको प्रावधान प्रवेश गराउन विदेशी सिएले गोप्य प्रवेश पाएको सूचनाले बढाएको छ । साथसाथै नेपालको सामरिक महत्वको प्राकृतिक सम्पदाको दोहोन पनि शुरु हुने आशंका बढेको छ ।

Related posts

चौंथो चरणमा जनतासंग नेता जोशी

admin

व्यास गुफा परिसरमा हुने गंगा आरती

admin

संसदीय इतिहासका अविष्मरणिय सभामुख

admin