25 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

गजल

रामकुमार श्रेष्ठ “फुच्चे”
सुर्यपाल, लमजुङ
हाल –दमौली

जिन्दगी चलाउन केवल माया अपार चाहिन्छ ।
मुखले मात्र कहाँ हुन्छ र व्यवहार चाहिन्छ ।।

खै कसरी पत्याउनु यार सरावी नशा छोड्दै छ,
विस्वास गर्न पनि त दरिलो आधार चाहिन्छ ।

आफ्नो ठाउँमा ठिक भैदिनोस् बस् यत्ति भएपुग्छ,
कानुन आफै बन्नेछ न त कारागार चाहिन्छ ।

बडो गज्जवले बिरोध गर्छ जो दाईजो प्रथाको ,
उसैलाई दाईजोमा गहना र चिल्लोकार चाहिन्छ ।

नरिवल भेटेपछि स्वभाविक थियोे लुछाचुडी,
बादरलाई न लौरो न त हतियार चाहिन्छ ।

Related posts

मुक्तक

admin

कविता-विद्या धन

admin

नारी

admin