20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
साहित्य

कविता

निर्मलाका निम्ती न्याय

अप्सरा भट्टराई

निर्मला तिमीले न्याय पाउन, अझै कति दिन रुने हो ?
ति बाबु आमाको आशुँले कति दिन, अझै परेला धुने हो ?
हाम्रै चेली निर्मलाका न्यायमा, बोल्न हामी हुन्न र ?
आफ्नै चेलीले न्याय नपाउँदा, हाम्रो मन रुन्न र ?

गर्दैमा चित्कार कल्पना उनको, मन दुख्नु पर्ने हो नी
भिजेनन परेला सम्झेर निर्मला, मन हाम्रो ढुङ्गे भो नी
उनले राइन कति पुकार कति गरिन, बाबा र आमा भनी
आउ बचाउ ज्यान लौन मेरो, साथी र मामा भनी

पञ्जाबाट फुत्कन राक्षसको फेरी, प्रयत्न गरिन होला
फेरिन्छ कि मन त्यो दैत्यको भनि , आँखा ति तरिन होला
सबै प्रयत्न खेर गए र उनको, निरिह बनिन् उनी
निर्दयी दानबले लुछ्यो उनलाई, भोको ब्वाँसो झै बनी

सुनेनन् कसैले पुकार उनको, बन्द कोठामा को सुनोस्
सुन्नेहरु दानबकै मतियार बनिगए, पिडा उनको को बुझोस्
रोइन कति निसास्सिइन कति उनी, साथी पराया भए
बाँच्चे प्रयत्न सब व्यर्थ भो उनको, प्राण पखेरु गए

पाइनन् यदि न्याय भने निर्मलाले, पापलाग्छ हामीलाई
उठौँ, जागौं,अब नसुतौं है, आमा दिदी र भाइ
यस्तो राक्षसी प्रवृत्तिको विरोधमा, जुरुक्क उठौ अब
तिनलाई कठघरामा ल्याउन, सब बाध्य हुन्छन् तब

Related posts

कविता-विद्या धन

admin

सन्दर्भः ११०औं नारी दिवस

admin

मुक्तक

admin