19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

अन्तर्राष्ट्रिय बालिका दिवसमा विभिन्न कार्यक्रम

कमलबारी/सिद्धेश्वरी माध्यमिक विद्यालयले सातौ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ‘सक्षम बालिका समृद्ध नेपाल’ अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था रुम टु रिड अन्तर्गत बालिका शिक्षा कार्यक्रमको आर्थिक सहयोगमा विद्यालयले कक्षा १–३का लागि म्युजिकल चियर, कक्षा ४– ५का लागि चित्रकला प्रतियोगिता, कक्षा ६– ८का लागि रजस्वाला विषयमा वक्तृव्तकला र कक्षा ९–१० का लागि बालिका शिक्षाको महत्व विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा म्युजिकल चियर तर्फ कक्षा तीनका रमेश थापा प्रथम, कक्षा दुईकी सिर्जना विक द्वितीय, कक्षा तीनका विवश थापा तृतीय र कक्षा तीनकै समिक्षा थापाले सान्त्वना स्थान प्राप्त गरे । यसै गरी चित्रकला प्रतियोगितामा कक्षा चारकी विविशा थापाले प्रथम स्थान प्राप्त गरिन । सो प्रतियोगितमा कक्षा पाँचका अनुप थापा द्वितीय, सोही कक्षाकी विन्दु विक तृतीय र कक्षा पाँचकै देउबहादुर थापा ले सान्त्वना स्थान प्राप्त गरे । रजस्वाला शिर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा सातकी सुजिता रानाले प्रथम स्थान हासिल गरिन भने कक्षा आठका अन्जु दवाडी, आशिका आले र आरती वसौलाले क्रमषः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे । कक्षा ९ र १० का छात्र/छात्रा बीच प्रतिस्पर्धा गराइएको बालिका शिक्षाको महत्व विषयक वक्तृत्वकलामा कक्षा नौ की स्वस्तिका अधिकारी प्रथम, कक्षा दशकी शुशिला अछामी द्वितीय, कक्षा नौकी हिमानी सुनार तृतीय र कक्षा दशका विवेक दवाडी सान्त्वना भए ।

बालिका शिक्षा कार्यक्रम लागू भएका तनहूँका १२ वटै विद्यालयमा रुम टु रिडको आर्थिक सहयोगमा अन्तसाष्ट्रि बालिका दिवसको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न भएको संस्थाकी समुदाय परिचालक ममता कोइरालाले बताईन । कोइरालाका अनुसार संस्थाले कक्षा ६ मा अध्ययनरत बालिकालाई जीवन उपयोगि सिप सम्वन्धी तालिम तथा अन्य सहायता गर्दै आएको छ ।

Related posts

बच्चाका अगाडि झगडा, हामी कति तगडा ?

admin

जनविश्वासका नाहुँथानको संरक्षण

admin

अलपत्र पुल

admin