20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सूर्यपाल स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०८० सम्पन्न

२०८० माघ २४ गते बुधबार

image

     ✍️रामकुमार श्रेष्ठ (सुर्यपाल,लमजुङ )मध्यनेपाल नगरपालिका ३ सुर्यपाल लमजुङ  स्थित श्री रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव समारोह एवं अभिभावक दिवस २०८०  सम्पन्न भएको छ।

शुभकामना आदानप्रदान एवं विविध शैक्षिक र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम भुपु बिद्यार्थी तथा चिन्तक सम्मान ,अक्षयकोष पुरस्कार प्रदान ,चन्दादाता अभिनन्दन ,अन्तर बिद्यालय कार्यक्रम गर्दै विद्यालयको वार्षिकोत्सव समारोह एवं अभिभावक दिवस सम्पन्न भएको हो।

वडाध्यक्ष केशव न्यौपानेको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा सम्वोधन गर्दै समायनुकूल वडाको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक लगायतका विकास निर्माणका लागि आफ्नो टिम खटिईरहेको बताए। विद्यालयमा विद्यार्थी घट्दै गईरहेको अवस्थामा पनि अभिभावकलाई निराश नहुन आग्रहका साथ नयाँ शैक्षिक योजना र कार्यक्रम निर्माण गर्ने पनि उनले बताए। वडाको शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा लगायतका लगायतका विषयमा आफ्नो टिम योजनावद्ध रुपमा अघि बढिरहेको पनि वडाध्यक्ष न्यौपानेले बताए। त्यसैगरी जिल्ला समन्वय समिति सदस्य शारदा गोदार साँखी, वडा नं ५ का अध्यक्ष ओमबिर गुरुङ, मंगला माविका अध्यक्ष लक्ष्मण बसौला, मंगला मावि शिक्षक/अभिभावक संघका अध्यक्ष सुर्यलाल श्रेष्ठ, मंगला मा वि का प्र अ विष्णुहरी बास्तोला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीयसदस्य किसान संगीत, नागभैरव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तलाल श्रेष्ठले शुभकामना व्यक्त गरे।

त्यसैगरी भैरवकाली माविका प्रधानाध्यपक हरिश्चन्द्र लम्साल, रामबालोदय आविका पूर्वप्रअ परशुराम न्यौपाने, संझना माविका प्रधानाध्यपक सन्तोष तिवारी, पूर्वप्रअ मेमबहादुर गुरुङ लगायतले पनि शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सुझाव दिए। कार्यक्रममा प्रधानाध्यापक बाबुराम साँखीले शैक्षिक प्रतिवेदन सहित चालुआवमा विद्यालयमा भएको ३५ लाख रुपैयाँ बराबरको आयव्यको विवरण प्रस्तुत गरे। 

सो अवसरमा विद्यार्थी एवं शिक्षिकाहरुबाट नृत्य सँगसँगै स्थानीय समेत रहेका गायक प्रकाश थापाले सांगीतिक प्रस्तुति मार्फत् मनोरञ्जन प्रदान गरे। त्यस्तै विविध विद्यालयका विच मेमोरी टेष्ट प्रतियोगिता, अभिभावक महिला मेच घुमाई प्रतियोगिता लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको थियो। मेमोरी टेष्टमा रिस्ति विकास ईंग्लिस बोर्डिङस्कूल सोतीपसल प्रथम, मंगला मावि सुर्यपाल द्वितिय, मालिका आधारभूत विद्यालय रम्घा तृतिय र वालविकास मावि तान्द्राङटक्सार सान्त्वना भए। त्यसैगरी अभिभावक महिला म्युजिकल चियर तर्फ कविता साँखी प्रथम, आईतीमाया नेपाली द्वितिय र अस्मिता साँखी तृतिय भए।   

भुपु बिद्यार्थी बाट प्राप्त आर्थिक सहयोगमा जडान गरिएको ब्यवस्थित साउण्ड सिस्टम र टेण्ट का बारेमा बताउदै आर्थिक सहयोग मा जुट्ने भुपु बिद्यार्थी तथा शुभचिन्तक हरु लाई खादा तथा अबिर माला द्वारा सम्मान गरियो।

सो अवसरमा शैक्षिक गुणस्तरीयताका आधारमा शिक्षक सीता थापा, भौतिक प्रगतिका आधारमा शिक्षिका अर्चना अधिकारी पौडेल र रामकुमार श्रेष्ठ सम्मानित  भएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका कान्छी मनमाया साँखीले स्वागत एवं शिक्षक रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरे।

भुपु बिद्यार्थी आर्थिक सहयोगमा बिद्यालयमा व्यवस्थित साउण्ड सिस्टम र टेण्ट सेट हस्तान्तरण 

रामकुमार श्रेष्ठ “फुच्चे”(सुर्यपाल)- एकथुकी सुकी सय थुकी नदि अर्थात थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झै  बिद्यालय  र भु पु बिद्यार्थी तथा शुभचिन्तक  बिच आत्मियता कायम रहिरहोस भन्ने उद्देश्य का  साथ  मिति २०८० माघ २४ गते बुधबार मध्यनेपाल न.पा. -३ सुर्यपाल,लमजुङ मा अवस्थित श्री राम वालोदय आधारभूत बिद्यालय को ६६ ओै वार्षिकोत्सब समारोह एवम् अभिभावक दिवस २०८० को अवसरमा मा भुपु बिद्यार्थी तथा  शिक्षक रामकुमार श्रेष्ठ को संयोजकत्वमा बिद्यालय का लागि व्यवस्थित साउण्ड सिस्टम तथा टेण्ट सेट जडान कार्य सम्पन्न भएको छ ।भुपु बिद्यार्थी तथा शुभचिन्तक मार्फत संकलित रकम बाट ९०००० रकम बराबरको साउण्ड सिस्टम सेट  र ६०००० रकम बराबरको टेण्ट सेट जडान भईसकेको र थप अन्य सामाग्री सहित कुल १५०००० रकम बराबर को साउण्ड सिस्टम तथा टेण्ट सेट ,बिद्यालय लाई हस्तान्तरण गरपएको छ।र थप अन्य सामाग्री को व्यवस्था भईरहेको सन्दर्भमा मा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष  नेत्र बहादुर बस्नेत,

बिद्यालय का प्रधानाध्यापक बाबुराम साँखी पुर्व बिव्यस अध्यक्ष तथा बर्तमान सदस्य बाबुराम बस्नेत लगायत अन्य शिक्षा प्रेमि समाजसेवी , शिक्षक र अभिभावक बिद्यार्थी सबैले बिद्यालय प्रति भुपु बिद्यार्थी तथा शुभचिन्तकहरुले गरेको अतुलनीय योगदान र सहयोग तथा बिद्यालय प्रति देखाएको चासो प्रति प्रसंशा गरिएको थियो । बिद्यालय र शैक्षिकस्तर अभिवृद्धि का लागि भुपु बिद्यार्थीले खेलेको महत्त्वपूर्ण भुमिका र  बिषयमा बिद्यालय परिवार प्रष्ट छ।यसै सिलसिलामा बिद्यार्थी लाई बिद्यालय पोषाकको रुपमा ट्रयाक सेट त्यसै गरि बिद्यालय को गेट निर्माण को काम का लागि समेत भुपु बिद्यार्थी तथा शुभचिन्तकहरुको सहयोग रहदै आएको थियो।बिद्यार्थीको शैक्षिक अवस्थाको वर्तमान स्थिति, बिद्यालयका लागि भुपु बिद्यार्थी र शुभचिन्तक र ले चाल्न सक्ने आगामी कदम, बिद्यालय को शैक्षिक अवस्था सुधार का निम्ति गर्नसकिने र गर्नुपर्ने पहल बारे का  साथै भुपु बिद्यार्थी र शुभचिन्तक हरु बिच आवश्यक सरसल्लाह तथा छलफल भईरहेको समेत जानकारी मा आएको छ  । र यस्ता कार्यक्रम हरुले बिद्यालय  बिद्यार्थी शिक्षक ,अभिभावक बिचको सिर्जनात्मकता आत्मियता  मा थप हौसला प्रदान  हुने बिस्वास तथा सिर्जनात्मक कार्यक्रम हरु ले निरन्तता पाउने अपेक्षा भुपु बिद्यार्थी तथा शुभचिन्तक  सबैले गर्दछ। शैक्षिक गुणस्तर सुधारका लागि भुपु बिद्यार्थी सबैले आफ्नो ठाउबाट लागिपर्नु पर्ने कुरामा जोड दिदै बिद्यालय को शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भुपु बिद्यार्थी तथा शुभचिन्तक ले विभिन्न  कदमहरु चाल्दै आईरहेको र अन्य थप कदमहरु  पनि चाल्न तयार रहेको कुराको जानकारी बिद्यालय का प्र अ बाबुराम साखी ले राख्नुभएको  थियोे ।भुपु बिद्यार्थी तथा शुभचिन्तक हरुले सामुहिक रुपमा बिद्यालय र समाजको लागि पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर सहित सबैसबै प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यी र यस्ता कार्यक्रम हरुले निरन्तरता पाईरहनेछ भन्ने पुर्ण विस्वासका साथ कार्यक्रम संयोजन गरिएको कुरा भुपु बिद्यार्थी तथा  शिक्षक रामकुमार श्रेष्ठ को भनाइ छ।

Related posts

पशुपालक कृषक लाभान्वित

admin

सत्यवतीमा गिरी

admin

चौथो ऋषिङ अल्ट्राम्याराथन

admin