Tanahun Awaj
समाचार

राहदानी फर्म निःशुल्क भरिदिने

दमौली/जिल्ला प्रशासन कार्यालय तनहूँले राहदानी भर्न सेवाग्राहीलाई सहयोग गर्ने जनाएको छ । असोज सात बुधबार एक सूचना प्रशाशित गरी जिल्ला प्रशासन कार्यालयले सो कुरा जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयको सूचनामा कस्तो राहदानी फर्मको लागि कति राजस्व लाग्ने के के कागज प्रमाण साथैमा ल्याउने पर्ने सो कुरा समेत उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहूँले दश बर्ष मुनीका नावालकको राहदानी बनाउँदा दुई हजार पाँच सय राजस्व लाग्ने वताएको छ । त्यसैगरी पुरानो राहदानी हराएर राहदानी माग्न आउनेका लागि दश हजार राजस्व लाग्ने बताएको छ । त्यसैगरी नयाँ राहदानी बनाउन र नविरण गर्नका लागि पाँच हजर राजस्व लाग्नेछ । राहदानी क्षति भएको विग्रेको च्यातिएको अवस्थामा नयाँ बनाउन लागि पनि दश हजारनै लाग्ने कार्यालयको सूचनामा जनाएको छ ।
राहदानी बनाउनका लागि चाहिने कागजातहरुमा नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय प“िचय पत्र, नविक“णको माग गर्नेको हकमा पुरानो राहदानी, हराएर नयाँ माग गर्नेको लागि हराएको पासपोर्टको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र, सम्वन्ध विच्छेद भएको दावी लिनेका हकमा सम्बन्ध विच्छेद प्रमाण पत्र, बसाई सराई गरी आएको देखिनेको हकमा सो बसाई सराईको प्रमाण पत्र, नावालकको हकमा नावालक परिचय पत्र, जन्म दर्ता, आमाबाबुको नागरिकता, बाबुआमाको विवाह दर्ताको प्रमाण आवश्यक पर्ने बताएको छ ।

Related posts

स्तम्भकारको निधन

admin

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin

साइबर अपराध अभिमूखिकरण

Deepak Joshi