20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

बढी चर्चा पाएका हेडसर

दमौली/निर्मल माध्यमिक विद्यालयमा मंगलबारबाट प्रधानाध्यापकको जिम्मेवारी पाएका विमल सिग्देलले विभिन्न सञ्चार माध्यममा अहिलेसम्मकै बढी चर्चा पाएका छन् । दमौलीबाट प्रकाशित हुने सबै सञ्चार माध्यमले बढी महत्वका साथ सो समाचारलाई स्थान दिएका छन् ।

प्रजातान्त्रिक धारका सञ्चार माध्यमहरुले आफ्नो प्रथम पृष्ठमै यो समाचारलाई स्थान दिएका छन् भने अन्य धारका सञ्चारमाध्यमहरुले यो समाचारलाई भित्री पृष्ठमा स्थान दिएको पाईन्छ ।
सत्यवती माध्यामिक विद्यालयबाट आफ्नो शिक्षण प्रतिभा उजागर गरेका सिग्देल विद्यार्थी माझ लोकप्रिय थिए । शैक्षिक व्यवसायीको आन्तरिक पहिचान बनाएका सिग्देल ट्यूशन सेन्टर, कोचिङ्ग क्लास, होस्टेल व्यवस्थापनमा सफल देखिए ।
सदरमुकामको पुरानो प्रतिष्ठीत शैक्षिक संस्थाको नेतृत्वमा पुगेका सिग्देलको कार्यक्षमताले निर्मल माध्यमिक विद्यालयले अगामि दिनमा गुणस्तरिय शिक्षामा विद्यार्थी र अभिभावकको विश्वास जित्ने अनुमान गरिएको छ । रामचन्द्र पोख्रेल, अमर राज कैनी, मेघराज कोइराला, कृष्ण राज वाग्ले, यमबहादुर आले, ब्रम्ह्दत्त तिमिल्सिना, विष्णुकुमार श्रेष्ठ, रमेशचन्द्र हड्खले, गणेशचन्द्र बस्नेतहरुले नेतृत्व गरेको निर्मल माध्यमिक विद्यालयको शैक्षिक प्रशासन सिग्देलका लागि चुनौतिपूर्ण पनि रहेको अनुमान गरिन्छ । निबृत्त हुने बेला भैसकेको अवस्थामा गणेशचन्द्र बस्नेत निबृत्त नहुँदै प्रधानाध्याक परिवर्तन गरिनु झट्ट हेर्दा स्वभाविक देखिदैन तापनि स्वयम बस्नेत चाँहि आफ्नो स्वास्थ्यको कारणबाट विद्यालयको प्रशासनको जिम्मेवारीबाट फूर्सद लिएको बताउनु हुन्छ ।

Related posts

गे्रडवृद्धि परीक्षा साउन २३ देखि, तनहुँमा ७ परीक्षा केन्द्र

admin

व्यासको सार्वजनिक सुनवाई सम्पन्न

admin

आत्मनिर्भरता तर्फ लोचेडाँडाका आमा

Deepak Joshi