21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

महिला संघ ऋषिङमा अप्सरा

ऋषिङ/नेपाल महिला संघ ऋषिङको सम्पन्न चौथो अधिवेशनले अप्सरा भट्राई पोखरेललाई संघको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ ।
नेपाली कांग्रेस तनहु्ँका उपसभापति एवं ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले संघको विधान अनुसार दुई उपसभापतिमा तुलसी रानाभाट र इन्दु थापालाई चयन गरेको छ । यसैगरी सचिवमा सुनिता थापा र संगिता बराली सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी गाउँ कार्य समितिको कोषाध्यक्षमा मिना श्रेष्ठ र सह–सचिवमा कुमारी परियार चयन भएको नवनिर्वाचित सभापति भट्टराईले तनहुँ आवाजलाई जानकारी दिइन् । संघका सदस्यहरुमा रिता थापा, बालकुमारी आले, संगिता थापा सारु, शनिमाया थापा, जौमाया थापा, छलीमायाँ विक, सिता श्रेष्ठ, बालकुमारी थापा, हिरामायाँ नेपाली, गोपिनीमायाँ विक, दिलमायाँ रानाभाट, टिका बर्देबा, धनीमायाँ थापा, दिलमायाँ थापा, बालकुमारी आले र लालमायाँ श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
संघको विधानमा गाउँ कार्य समिति २५ जनाको हुने व्यवस्था भएकोमा अधिवेशनले २३ जनालाई चयन गरेको र बाँकी दुइजना जातजाति, भुगोल लगाएतको सन्तुलन मिलाएर मनोनयन गरिने सभापति भट्टराईले बताइन् । भट्टराईले सुस्ताएको महिला संघलाई गतिशिल बनाउन महिलाका लागि सिपमुलक तालिम सञ्चालन गर्ने तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्ने योजना रहेको समेत उल्लेख गरिन् ।
अधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्य मायाँदेवी राना, महाधिवेशन प्रतिनिधि गिनुमायाँ थापा, महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराई, नेका जिल्ला सदस्य मोहन गिरी तथा यमुना श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Related posts

व्यास गुफा–तनहुँसुर महिला हाफ म्याराथन

admin

शासकीय स्वार्थमा कानुन संसोधन

admin

पठन संकृति विकास गर्न ‘मुना’ अभियानः

Deepak Joshi