Tanahun Awaj
समाचार

सरसफाई विज्ञको जन्मथलो प्रेम

दमौली/युनिसेफको कर्मचारीबाट निबृत्त भएका नमस्तेलाल भूमि तनहूँको बन्दिपुरमा जन्मेका हुन् । युनिसेफको नीति निर्माणको उच्च तहको नेतृत्व गरेर विश्वको करिब ४४ भन्दा बढी राष्ट्रमा पुगेर आफ्नो छुट्टै पहिचान बनाएका भूमि चार महिना अमेरिका, चार महिना काठमाण्डौ र चार महिना बन्दिपुर बस्ने गरेको बताउँछन् ।
तनहूँका नमस्तेलाल भूमिले आफूले लेखेको वा आफ्नो बारेमा लेखेको तीन वटा पुस्तक चैत्र १७ गते दमौलीमा विमोचन गराए ।


Positive Thought search & Action उनि आफैले गरेको अनुसन्धानको निष्कर्षमा लेखेको पुस्तक हो । त्यस्तै आफ्नै माटो आफ्नै बाटो पनि उनैले लेखेको पुस्तक हो । नमस्तेलाल देश भित्र र देश बाहिर चाहि खोजी प्रकाशन गृह प्रा.लि.ले खोजी गरेर प्रकाशनमा ल्याएको पुस्तक हो । यी मूल्यवान कृति उनले काठमाण्डौमै पनि विमोचन गराउन सक्थे । तर उनले आफ्नो जन्मथलोप्रतिको मायाँ, प्रेम र आस्थाले दमौलीमा आएर विमोचन गराए ।
माननीय सांसद शंकर भण्डारीले सो पुस्तकको विमोचन गरेका थिए । विमोचन कार्यक्रममा व्यास नगर उपप्रमुख इन्दिरा दरै, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका प्रतापलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व वास्तोला, नेकपा समाजवादीका अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी पूर्व केन्द्रिय सदस्य परशुराम गिरी लगाएत धेरैले आ–आफ्ना अनुभूतिहरु राखेका थिए । स्थानीय नेवारी समुदायका महिलाहरुको संस्था आयोजक रहेको सो कार्यक्रममा आयोजक आफ्नो पोशाकमा सहभागि भएका थिए भने शुभेच्छुकहरु स्वऐच्छिक रुपमा पनि कार्यक्रममा सहभागि भएका थिए ।

Related posts

६१औं स्थापना दिवस

admin

तनहुँमा लम्पी स्किनबाट चौपायाको मृत्यू

admin

ज्येष्ठ नागरिकको नयाँ नेतृत्व

admin