28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

राष्ट्रपतिद्वारा मोटरेबल पुल उद्घाटन

दमौली/राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदी माथी बनेको मोटरेवल पुलको शनिबार उद्घाटन गर्नुभएको छ । निर्माण सुरु भए यता पटक–पटक निर्माण कम्पनीले काम छोड्ने, नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, निर्माण पुरा हुने लाग्दा पुल भत्किनु लगायत समस्याले निर्माण शुरु भएको १० वर्ष पछि यो पुल संचालनमा आएको हो । यस पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ ।

Related posts

दश विद्यालयलाइ स्वास्थ्य सामाग्री

admin

क्यान्सर विरुद्धको हाम्रो लडाईँ-सम्पादकीय

admin

विभेद अन्त्यमा सहयोग गर्नुस: अध्यक्ष श्रेष्ठ

admin