23.9 C
Damauli
September 30, 2026
Tanahun Awaj
समाचार

तनहुँमा विश्व पर्यटन दिवस

AI निर्मित फोटो

दमौली÷ ४७औं विश्व पर्यटन दिवस तनहुँमा पनि मनाइएको छ । सेप्टेम्वर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । सो अनुसार यस बर्षको विश्व पर्यटन दिवस असोज ११ गते आईतवार परेको थियो । यस बर्षको विश्व पर्यटन दिवस व्यास नगरपालिका र एकिकृत सेवा कार्यालय तनहुँले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा वक्ताहरुले साँस्कृति सम्पदाको संरक्षण गर्दै ग्रामिण पर्यटनको प्रबद्धन गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी पर्यटन दिवसहरुले हामीले तनहुँमा सञ्चालित गरेका होमस्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको सुरक्षित र सहज वातावरण निर्माण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी वेदव्यासको जन्मभूमिलाई धार्मिक पर्यटनको क्षेत्रको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Related posts

विव्यस मनोनित पद स्वतः मुक्त

Deepak Joshi

स्थानीय तह उपनिर्वाचन–२०८१कमजोर बन्दै कांग्रेस, माओवादीमा उत्साह

admin

आलोपालोमा पायो सत्यवतीले प्रधानाध्यापक-प्रतिष्पर्धामा अब्बल पुष्पकलाको बल्ल पदस्थापन

admin