20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

उच्च, सर्वोच्च फेरी उच्च

दमौली/व्यास नगरपालिकाको मेयर पद कानुन कठघरको दौडमा छ । विगत दुई बर्ष देखिको कानुनी लडाई उच्च अदालत पोखराबाट सर्वोच्च पुगेर फेरी फर्केर उच्चमा पनि पुगेको छ ।

मेयर पदका उपविजेता दीपकराज जोशीको निवेदन माग बमोजिम पुनः मतगणना असार २ गते दश बजेबाट हुने भएपछि पदबहाली गरेका मेयर बैकुण्ठनाथ न्यौपाने पुनः मतगणनालाई रोक्न सर्वोच्च पुगे ।
त्यहाँबाट पुनः मतगणना रोक्ने आदेश जारी गराउन नभ्याएपछि उच्च अदालतमा नै पुगेर बुधबार निवेदन दर्ता गराएको अदालत स्रोतले बतायो । अदालत स्रोतका अनुसार पुरक पेशीमा चढी विहिबार उच्च अदालत पोखरामा सुनवाई हुँदैछ ।

Related posts

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

शिक्षक नायक गोष्ठी

admin

हिसान तनहुँमा कार्की

admin