23.9 C
Damauli
September 30, 2026
Tanahun Awaj
Uncategorized

काँग्रेसको नेतृत्व गर्न रेडक्रसबाट राजीनामा

नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले नेपाली काँग्रेस देउवा समूहको नेतृत्व गर्ने अवसर पाएपछि असोज ११ गते आईतवार नेपाल रेडक्रस तनहूँ शाखाको सभापतिबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका गौतमले गगन समूहबाट सदस्यता नविकरण गरेर देउवा समूहको नेतृत्व हातपार्न सफल भएका हुन् । गौतमले जसरी झुक्याएर रेडक्रसको नेतृत्व हात पारे, ठीक त्यसैगरी झुक्याएर नेपाली काँग्रेस देउवा समूहको पनि नेतृत्व हात पारेका छन् । गौतमले नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको सभापतिबाट राजीनामा दिएपछि शाखाको कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति कमलभक्त पोखरेललाई दिएको रेडक्रस स्रोतले जानकारी दियो । शाखाको सभापतिको कार्यकालमा गौतमले धेरै उल्लेखनीय काम गरेको बताएपनि बीसौबर्ष भन्दा बढी निरन्तर शाखाको शाखा विकास अधिकृत रहि काम काम गरेको आधारमा अघिल्लो कार्यसमितिबाट बरिष्ठ शाखा विकास अधिकृतको सम्मान पाएका शिवकाजी पियालाई सम्मानजनक विदाइ गर्न भने सकेनन् । २÷३ महिना काम गरेर जाने कर्मचारीलाई त विदाई गर्ने शाखाले २०औं बर्ष सेवा गरेको बरिष्ठ शाखा विकास अधिकृतलाई यो कार्यकालमा औपचारिक विदाई गर्न भने सकेन । राजनीतिक नेतृत्वले रेडक्रसको नेतृत्व गर्ने कुरा उच्च तहमा समेत आलोचित भएपछि जिम्मेवारीबाट मुक्त हुन हतार देखिएका गौतमलाई देउवा समूहको नेतृत्व पाउनु उपयुक्त अवसर बनेको दमौली बजारमा चर्चा चलेको छ ।

Related posts

संहिताको पहिलो संसोधनः अझै अपूर्ण

admin

सन्धिसर्पनले दिलाउने हकसफा

admin

एमविएस तर्फ आदिकवि देशकै उत्कृष्ट

admin