28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

तनहुँमा फुटबल समिति

दमौली/ तनहुँमा शनिबार भएको एक भेलाले जिल्ला फुटबल समिति गठन गरेको छ । नेपाल फु्टबल समितिका केन्द्रिय संयोजक रत्नकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो समिति गठन गरिएको हो । 

भेलाले कुमार श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी र कोषाध्यक्षमा कुमार मल्ल रहेको समिति गठन गरेको । सदस्यहरुमा अनुप राना, विनोद थापा, केशव राना, प्रविन राना र दुर्गा रानाभाट रहेका छन ।समितिको सल्लाहकारहरुमा सुरेश पुरी, अन्जनकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ र कृष्ण नारायण बतास रहेका छन । फुटबल खेलको पनि अरू खेलको विकास हुनुपर्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँका अध्यक्ष समेत रहेका श्रेष्ठले जोड दिए । गण्डकी प्रदेश हुँदै सात वटै प्रदेशका ७७ वटै जिल्लामा फुटसलको जिल्ला स्तरीय समिति गठन गरिने योजना पनि सो असरमा श्रेष्ठले सुनाए ।

Related posts

उत्साहपूर्ण हेटौडा यात्रा

admin

ऋषिङमा नेविसंघ अधिवेशन सम्पन्न

admin

मानाचामल कानून र हामीले गरेको अभ्यास

admin