30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

तरूण दल गठन

तरूण दल गठन 

भिमाद/नेपाली कॉग्रेसको भातृसंगठन नेपाल तरूण दल भिमाद-४ एकाई समितिको गठन भएको छ । पुस ११ गते शनिबार नेपाली कॉग्रेस वडा सभापति तथा तरूण संयोजक समेतको उपस्थितिमा आयोजित भेलाले तरूण दल भिमाद न.पा. वडा नं ४ एकाईको गठन गरेको महाधिवेशन प्रतिनिधि मिलन आलेले जनाएका छन् ।

गठित तरूण दलको अध्यक्षमा बसन्त गुरूं चयन भएका छन् । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश:  महेश राना , उज्जल थापा, मनिता थापा र टेकबहादुर थापा (गणेश) चयन भएका छन् । भेलाले मिलन गुरूं, मेरिना थापा, श्रीराम परियार, भुवन थापा, बुद्धिबहादुर राना, सोम थापा र विनोद थापालाई दलको कार्यकारीणी सदस्यमा चयन गरेको छ । अन्य दल त्याग गरी नेपाली कॉग्रेसमा प्रवेश गर्नेहरूलाई भेलामा औपचारिक स्वागत गरिएको थियो ।

Related posts

रोटर्‍याक्टको आर्थिक सहयोग

admin

रानीगाउँमा स्वाइनफ्लु भ्रम

admin

बालबालिकाको पहुँच विद्यालयसम्म पु¥याऊ-सम्पादकीय

admin