23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

कमलबारीमा तीज गीत प्रतियोगिता सम्पन्न

खोजौं अब बैदेशिक रोजगारीको समाधान
सबैमिली गर्नुपर्छ स्वदेशमै काम
पैसा फल्ने रुख त छैन होला कहिं पनि
काम गरे आम्दानी हुन्छ, जहिँ पनि

कमलबारीका महिलाले यस्तै भावना बोकेका गीत गाएर यस पटकको तीज मनाए । महिला सञ्जाल व्यास १२ को आयोजनामा सोमबार आयोजित तीज गीत प्रतियोगितामा यस्तै भावनाका १२ थरी नै गीत घन्किए । यतिमात्र होइन उनीहरुले सरकारले किसानलाई सहुलियतमा मल तथा बीउ उपलब्ध गराउनु पर्ने, स्वदेशमै रोजगारीका अन्य अवसरहरुको खोजी गर्नुपर्ने तथा स्वरोजगार हुने तर्फ नागरिक आफै पनि सचेत हुनु पर्ने समेत उल्लेख गरे ।

सञ्जालकी अध्यक्ष सान्नानी पाण्डेको सभापतित्व एवं व्यास नपाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितमा स्वाग्दी आमा समूह कमलबारी प्रथम भई नगद चार हजार र प्रमाणपत्र हात पा¥यो । स्थानीय सृजना कैनीले दिनुभएको जानकारी आनुसार शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी न्यौपानेलतीजलाई महिलाका दुःखका कथा कहने पर्वका रुपमा भन्दा पनि महिला शसक्तिकरण र सामाजिक सरोकारका विषयमा आवाज मुखरित गर्ने अवसरको रुपमा लिन आग्रह गरे । प्रतियोगितामा लाङघाली आमा समूह व्यास १२ रैकर द्वितिय भएर नगद पुरस्कार तीनहजार तथा प्रमाणपत्र प्राप्त ग¥यो । यसैगरी तृतीय स्थान प्राप्त गर्न सफल गोल्ला आमा समूहले दुईहजार नगद तथा प्रमाण पत्र र मिलनसार दिदी बहिनी समूह कमलबारीले सान्त्वना स्थान हासिल गरेर नगद एकहजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

कार्यक्रममा वडा नं १२ का अध्यक्ष तोत्रबहादुर कुँवर, कल्पना ढकाल, सरिता बयलकोटी, मिना पन्थ, टेकराज पन्थ तथा कल्पना सुर्खाली लगाएतले हिन्दु सभ्यताका अनुयायी सबै महिला दिदी बहिनीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव मनिसरा थापाले गरेकी थिइन् ।

Related posts

विद्यालय शिक्षाको विकल्पको खोजी

admin

शिक्षकको सहयोगी बन्दै कल्याणकारी कोष

admin

सलहको तनहुँ प्रवेश

admin