26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भूकम्पबाट हुने क्षति कम गर्न सचेत बनौं-सम्पादकीय

आज देशभर राष्ट्रिय भूकम्प सुरुक्षा दिवस मनाइँदै छ । विसं १९९० साल आजकै दिन आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि पनि समय समयमा भूकम्प आउने र ठूलो मात्रामा धन र जनको क्षति गराउने गरेकै छ । २०७२ को पछिल्लो भूकम्पले लगाएको घाउ त अझै निको भएकै छैन । भत्किएका घर र सांस्कृतिक सम्पदाहरुको पूनः निर्माण हुन सकेको छैन । दक्षिण एशियामै पहिलो पटक दैवी प्रकोप उद्धार ऐन बनाउने नेपालले भूकम्प तथा यस्तैखाले प्राकृतिक विपत्तिबाट पाठ सिकेर यसलाई अवसरको रुपमा लिन नसक्दा यसबाट हुने क्षतिलाई भने कम गर्न सकिएको अवस्था छैन । न त विपत्तिबाट पार पाउने गतिला उपायहरु अबलम्वन नै गर्न हामीले सकेका छौं ।

बाढी– पहिरोको हामी पूर्वानुमान गर्न सक्छौ केहि हदसम्म । तर भूकम्पको हामीले पूर्वानुमान गर्न नसकिने भएकाले यसबाट बच्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर यस्ता संरचना निर्माण गर्दा सामान्य निर्माण खर्च बढ्न जाने भएकाले हाम्रो ध्यान त्यस तर्फ जान सकेको छैन । तर हामीले बुझ्नु पर्ने के हो भने हाम्रो ज्यान भन्दा पैसा ठूलो होइन । ज्यान रहे सम्पत्ती आर्जन गर्न सकिन्छ तर सम्पत्ती जोगाउने नाममा कमजोर संरचना निर्माण गरेर आफ्नै ज्यान जोखिममा राख्नु पक्कै बुद्धिमानी ठहरिने छैन ।

तथ्याङ्क भन्छ, भूकम्प पछिको मानविय क्षतिको प्रमुख कारक कमजोर भौतिक संरचना हो । अर्थात हाम्रो घर कमजोर भएका कारण हामीले ज्यान गुमाउने अवस्था आएको हो । अझ २०७२ को भूकम्पका ज्यान गुमाउने मध्ये ९९ प्रतिशतको ज्यान सोही कमजोर संरचनाका कारण गएको हो भन्दा हामी हाम्रो जीवनकाप्रति कति लापरवाह छौं भन्ने देखाउँछ । अबको दिनहरुमा थोरै बढी खर्च लाग्ने भएपनि भूकम्प प्रतिरोधी घर निर्माणमा हामी सबैले ध्यान दिनु जरुरी छ । ३२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भवन संहिता लागु गर्ने कुरामा हामी सबै प्रतिवद्ध हुनसकौं । राज्य पक्ष र हामी सबै सचेत हुनसक्दा भूकम्पबाट हुने क्षतिलाई हामीले कम गर्न सक्छौं ।

Related posts

बाग्लुङ्ग

admin

अन्तरान्ष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

admin

औषधी व्यवसायीको नयाँ नेतृत्वलाई पदस्थापन

admin