28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

सर्जक सम्मान, अबको थालनी

डायरी

रमेश विकल

यो साता दमौलीकै एक निजी विद्यालयको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) समारोहमा एकक्षण सहभागि हुने मौका मिल्यो । निम्तो पत्रमा उल्लेखित समारोहका प्रमुख अतिथीको नामले नै मलाई उक्त समारोहमा सहभागिता जनाउन मन लागेको थियो ।

संयोगवश म विद्यालय परिसरमा प्रवेश गर्दै गर्दा प्रमुख अतिथीलाई मन्तव्यका लागि बोलाइयो । सालिन सम्बोधनबाट आफ्नो शुभकामना मन्तव्य सुरु गरेका उनले दमौलीलाई श्रीकृष्ण द्वैपायन व्यासको जन्मभूमि भएकाले पवित्र भूमि भएको उल्लेख गर्दै आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणको थलो बनाउन प्रचार प्रसार गर्न सुझाए । अनि समृद्ध नेपाल बनाउन बालबालिकालाई जीवन उपयोगि, सिपमूलक, व्यवहारिक शिक्षा दिनु आवश्यक रहेको र विद्यालयले उक्त कार्य गरिरहेको विश्वास व्यक्त गरे ।

झण्डै दश वर्षपछि यो पवित्र भूमिमा पाइला राख्न अवसर प्रदान गर्ने आयोजकप्रति कृतज्ञता प्रकट गर्दे उनले महोत्सवका अवसरमा सम्मानित र पुरस्कृत हुनेहरुलाई सम्झे । र अन्त्यमा राष्ट्रिय गानका सर्जक कस्ता होलान् भनि जिज्ञासा राख्ने विद्यार्थीको जिज्ञासा मेटाउन यहाँ आएको र आफु सयौं थुंगा फूलका हामी ….को सर्जक व्याकुल माइला भएको उल्लेख गर्दै मन्तव्य टुङ्ग्याए ।

यस्ता सभा कार्यक्रमहरुमा सामान्यतया कुनै राजनैतिक दल विषेशका नेताहरुलाई प्रमुख अतिथी बनाउने परम्परा हाम्रोमा राम्रैसंग मौलाएको छ । दलका नेतालाई अतिथी बनाएपछि सञ्चार माध्यमहरुले पनि महत्व दिने र आफ्नो सम्वन्ध विस्तार हुने आयोजकको स्वार्थले पनि दलका नेता नै प्रमुख अतिथी बनाइन्छन् । स्वाभाविक रुपमा राजनैतिक दल सम्बद्ध मानिसले आफ्नो दलको पक्षपोषण र आफुबाहेक अर्काे दलको विपक्षमा बोल्ने कुरा त भै नै हाल्छ । जतिपनि विकास निर्माणका काम भएका छन् ति सबै आफ्नो दलले मात्र गरेको र अर्काे दलले सिन्को नभाँचेको भाषण उनीहरु चर्काे स्वरमा गर्छन । राजनैतिक दलका नेतालाई आदर्श मान्ने बालबालिकाले जब यस्ता भाषण सुन्छन्, तव के सोच्दा हुन् ? कतै हामीले उनीहरुको दिमागमा घृणा, तिरस्कार भरिरहेका त हुँदैनौं ? काँचो माटो भनिने बाल मष्तिष्क यस्ता कुरा भर्नु के ठिक होला ? अब हाम्रा दलका नेताहरु र दलका नेताहरु नै सबै थोक हुन भने झै गरेर उनीहरुलाई अनावश्यक महत्व दिनेहरुले सोच्ने बेला भयो कि ? सर्जक सम्मान परम्पराको जय होस् ।

Related posts

लालिगुराँस आमा समुहको भवन उद्घाटन

admin

रवि प्रकरणमा प्रकट नागरिक विद्रोहको अन्तर्य

admin

रोटर्याक्टको पत्रकार सम्मान तथा अन्तरक्रिया

admin