22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

प्रअ सेढाईद्धारा पत्रकार महासंघलाई सहयोग

दमौली/व्यास १ भादगाँउस्थित जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम सेढाईले नेपाल पत्रकार महासंघ तनहँु शाखाको निर्माणार्था भवनका लागि आर्थिक सहयोग गरेका छन् । प्रअ सेढाईले नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई सोमवार ५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेका हुन् ।

तीन दिन अघि मात्रै जलदेवी माविको प्रअमा नियुक्त भएका सेडाईले पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यलाई सो रकम हस्तान्तरण गरेको पत्रकार महासंघ तनहँुका सचिव उज्वल पौडेलले जानकारी दिए ।

महासंघ तनहँुको निर्माणाधिन भवनका लागि मद्दत पु¥याउने अभिप्रायले उक्त रकम सहयोग गरेको गरेको प्रअ सेडाईले वताए । राज्यको चौथो अंग पत्रकार जगतको साझा संस्थालाई सहयोग गर्न पाउदा खुशी लागेको उनले वताए ।

पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यले सहयोगप्रति आभार प्रकट गर्दै भवन निर्माणमा सहयोग पु¥याईदिन जिल्लास्थित स्थानीय सहकार एवं सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेका थिए ।

Related posts

यौन दुव्र्यवहार र दुरुपयोगको परिणाम

admin

राष्ट्रिय सभा उपनिर्वाचन आज

admin

यसरी नै सुध्रन्छ त नेपालको शैक्षिक गुणस्तर ?

admin