Tanahun Awaj
समाचार

शालीग्राम करिडोर कालोपत्रे गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

अत्रौली/तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद ई. श्रीराम न्यौपानेले शालीग्राम करिडोर कालोपत्रे गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभामा निर्वाचित भएपछि सांसद जनसम्वाद कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्ने क्रममा बुधबार घिरिङ्ग गाउँपालिकाको अत्रौली पुग्नु भएका सांसद न्यौपानेले निर्वाचनताका व्यक्त गरेको स्थानीय आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता दोहो¥याँदै शालीग्राम करिडोर कालोपत्रे गराउने कार्य अगाडि बढी सकेको विश्वास दिलाउनु भयो ।

अत्रौली युनाईडेट क्लबको आयोजनामा हरितालिका तीज तथा ऋषिपञ्चमी विशेष पहिलो अत्रौली खेलकूद तथा व्यापार मेलामा प्रमुख आतिथ्यता ग्रहण गर्न पुग्नुभएका न्यौपानेले बयोबृद्ध चन्द्रकान्त पौडेलबाट पानसमा द्वीप प्रज्वलन गराइ व्यानर आफैले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत सहितको टीमलाई उतार्न उनका साझेदार बनेका स्थानी चन्द्रमोहन वि.क. ‘गुड्डु’ सफल भएको स्थानीय जानकारहरु बताउँछन् ।
न्यौपानेले आफ्नो सांसद जनसम्वाद कार्यक्रममा मतदाताहरुसंग छुट्टै भेटाघाट गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै सांसद न्यौपानेले अत्यधिक मतले विजय गराएर प्रतिनिधि सभाको सांसद बनाउने मतदाताहरुप्रति आभार, कृतज्ञता सहितको धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उहाँले निर्वाचनका समयमा आफूले व्यक्त गरेका विकास निर्माण र जनसरोकारका विषयमा काम गर्ने प्रतिबद्धता इमानदारीताका साथ पुरा गर्ने विश्वास दिलाउनु भयो ।

Related posts

बाह्मण समाज म्याग्दे–३ को साधरण सभा

admin

दमौलीमा पशुपंक्षी अस्पताल

admin

प्रारम्भिक तथा समन्वय वैठक सम्पन्न

Deepak Joshi