
एम ए अर्थशास्त्र
स्थानिय पालिकामा विकास अभियान शुरु गर्न प्रविधिको प्रयोग (Use of technology) महत्वपूर्ण हुन्छ । प्रविधि भनेको नयाँ नयाँ ज्ञान हो, जसले सुधारिएका यन्त्रहरुबाट नयाँ उत्पादनहरु तथा प्रक्रिया पैदा गर्दछ । नयाँ प्रविधि थप गर्नाले उत्पादन लागत (Cost of production) घट्दछ र बढी परिमाणमा वस्तु र सेवाकोे उत्पादन बढ्दछ । नयाँ आविष्कार भएको प्रविधिमा व्यवस्थापन जानकारी (know how) मा निहित ज्ञानपनि समावेश हुन्छ । वर्तमान समयमा विश्वका धेरै जसो देशहरुले प्रविधिको परिवर्तनको माध्यमबाट आर्थिक विकासमा फड्को मारेका छन् । प्राकृतिक साधनको अन्वेषण, प्राविधिक उन्नती के कारण विकासोन्मुख देश विकसित अवस्थामा ज्ञान सक्षम भएका छन् । नयाँ प्राविधिको आविष्कार र सो को प्रयोगका कारण पूर्वी एसियाका देशमा देशको कुल ग्राहस्थ उत्पादन (GDP) मा ३० प्रतिशतले उत्पादकत्व (Productivity) बृद्धि गरेका छन् । विश्वबजारमा द्रुतप्रगतिको कारण नयाँ नयाँ आविष्कार भएका Technology को Diffusion हो । नयाँ प्रविधिको प्रयोगको करण बढी उत्पादन गर्न सक्षम बनाएको छ । जनताको आम्दानी बढेको छ । जनताको जिवनस्तर सुधार आएको छ । गएको शताब्दीमा वैज्ञानिक अनुसन्धानबाट नयाँ नयाँ प्रविधिको, प्राविधिक नवप्रवर्तन ठूलो परिमाणमा भएको छ । स्वास्थ्य क्षेत्रमा नवप्रवर्तनले औषधी उत्पादनमा ठूलो क्रान्ति नै ल्याइदिएको छ । जसबाट बाल मृत्युदर घटेको छ, जीवन प्रत्याशा (life expectancy) बढेको छ । विभिन्न प्रकारका Antibiotics र Vaccines को आविष्कारले उपचार र रोकथाम पद्धतिमा चमत्कारिक विकास भएको छ ।
त्यस्तै खाद्यान्न उत्पादनमा धान, मकै, गहुँ, तरकारी, फलफुल, नगदेबाली, कोसेबालीको नयाँ बीउ, रासायानिक मल, किटनासक औषधीको प्रयोगले उत्पादनमा उल्लेखनिय सुधार भएको छ । यस्तो नव प्रवर्तनले सन् १९६० देखि सन् १९७० को दशकमा हरित क्रान्ति (Green Revolution) ले ग्रामिण उत्पादन, ग्रामिण सुधारले अर्थव्यवस्थामा चमत्कारीक विकास छेडेको थियो । यस्तो नयाँ अन्नवालीका बीउ बिजनको प्रयोगले खेति गर्ने किसानले नयाँ औजार उपकरणको प्रयोगको परिणामस्वरुप सात प्रतिशत जमिनबाट उत्पादन भएको खाद्यान्नले विश्वबम २२ प्रतिशत जनतालाई खाद्यान्नको आपूर्ती पुरा गरेको थियो ।
यसरी कृषि उत्पादनको क्षेत्रको अलावा यातायात, इन्धन, सञ्चारको क्षेत्रमा पनि नयाँ नयाँ अनुसन्धानले, प्रविधिमा क्रान्ति ल्याएको थियो । श्रम विभाजन र उत्पादनमा विशिष्टिकरण (Specialization) आएको छ । त्यस्तै औद्योगिक क्रान्तिले यन्त्रहरु, इन्धनका स्रोत, विद्युत उत्पादन नयाँ उद्योगको स्थापना, राजमार्ग र विमानस्थलको विकासले दुर्गम ठाउँहरुमा व्यापारको विस्तार भएको छ । विद्युतिय कम्प्यूटर, सञ्चार स्याटलाइटको आविष्कारले सञ्चार प्रसारण, सजिलो बनाएको छ । नयाँ प्रविधिले नयाँ उत्पादन प्रक्रिया शुरुवात गर्न सजिलो बनाएको
छ । ग्रामिण गरिबि निर्मूलन गर्न, गरिबको जीवन पद्धतिमा सुधार ल्याउन सजिलो बनाएको छ ।
प्राविधिक विकासले उद्योगधन्दाको क्षेत्रमा औद्योगिकिकरण गर्न सघाएको छ । विकासन्मुख देश नेपालले ढिलानगरिकन नयाँ नयाँ प्रविधिको आयात गर्नु पर्दछ । प्रविधि स्थानान्तरण विकसित देशबाट विकाशिल देशमा, शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा वैदेशिक लगानी, व्यापार, लाइसेन्सद्वारा प्रविधिको खरीद, श्रम प्रवाह, वैदेशिक शिक्षाबाट आयात गर्न सकिन्छ । शिक्षा र सिपबाट प्राकृतिक साधनलाई उत्पादनमा बदल्न सकिन्छ जहाँबाट आर्थिक विकासको जन्म हुन्छ । आगामी दिनमा नेपाल सरकारले शुसासन र भ्रष्टाचार नभएको, शासन व्यवस्था कायम गर्न ढिला गर्नु हुँदैन । अधिराज्यका पालिकाहरुमा आर्थिक पारदर्शिता कायम गर्न बलियो प्रशासनिक कार्यकारीको व्यवस्था गर्न सरकार लागि परेको छ । नयाँ प्रविधिको प्रयोग, युवा जनप्रतिनिधिको हातबाट शुभारम्भ भयो भने समाज विकासित अवस्थामा रुपान्तरण हुन लामो समय कुर्न पर्दैन । आधुनिक प्रविधिमा कुशल व्यक्ति जनताको प्रतिनिधिको रुपमा उभ्याउनु पर्ने जिम्मेवारी सबै राजनैतिक दलको काँधमा आएको छ । आसा गरौं आगामी दिनमा निर्वाचनको मैदानमा आउने उम्मेदवार विज्ञ र योग्य हुने नै छन् ।
