दमौली/गण्डकी प्रदेश सरकारको बजेटबाट कास्की र तनहुँमा नमूना पशुपंक्षी अस्पताल बन्न लागेको छ । डेढ बर्ष अघि विनियोजित दश करोडको लागतमा कास्की र तनहुँमा बन्न लागेको दुइ पशुपक्षी अस्पताल मध्ये तनहुँको अस्पतालको लागत खर्च चार करोड नब्बेलाख बताइएको छ । ए ब्लकको दुइ ढलान र बी ब्लकको साढे दुइ ढलान मध्ये दुइ ढलान मात्रै काम सम्पन्न भएको छ । गारो, प्लाष्टर, झ्याल ढोका समेतका काम रोकिएको छ । इको विल्डर्स चितवनले डेढ बर्ष अघि सम्झौता गरेर काम थालेको सो अस्पताल अहिले अलपत्र जस्तो देखिएको छ । विगत ६/७ महिनादेखि अस्पतालको भवनमा कुनै काम भएको छैन । सत्तरी प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
दमौलीमा पशुपंक्षी अस्पताल
previous post