दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको छ भने विद्यालयहरु, सिनेमा हल, होटल तथा रेष्टुरण्ट लगाएत सञ्चालनले जनजीवन सामान्य बन्दै गएको छ ।
तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण घट्दै गएको देखिएको छ । देशभरका विद्यालयहरु खुलेर बालबालिका विद्यालय जान थालेका छन् । सिनेमा घरहरु सञ्चालनमा आएका छन् । होटल तथा रेष्टुरण्टहरु पूर्ण क्षमतामा सञ्चालन भएकाले बजारमा चहलपहल सुरु भएको छ । यसले जनजीवन सामान्य बन्दै गएको छ ।
माघ २७ गते विहिबार देखि फागुन ४ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको ११.५ प्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा ६.५४ प्रतिशतमा झरेको छ ।
संक्रमणमा उतारचढाव भने यो साता पनि चलिनै रह्यो । सााको पहिला दिनको ११.५ प्रतिशत संक्रमण आइतबार घटेर हालसम्मकै कम ५.१५ प्रतिशतमा आयो । साताको अन्तिम दिन बुधबार भने ६.५४ प्रतिशतमा पुगेको छ ।
बुधबारसम्म पाँचसय भन्दाबढी संक्रमित हुने जिल्लाको संख्या काठमाण्डौं, मोरङ लगाएत १० जिल्ला रहेका छन् भने ६ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म जम्मा संक्रमित मध्ये नौ लाख ४४ हजार ३३७ जना अर्थात ९६.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ९०५ जनाको मृत्यु भएको छ । यो सातामात्र कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको ८६ जनाले ज्यान गुमाएका थिए । हालसम्म ६०–६९ उमेर समूहका सबैभन्दा धेरै दुइहजार ४९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । यो साता १५ हजार ९८६ संक्रमित संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १८ हजार २५१ मा झरेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै २१–३० उमेर समूहका १०४ संक्रिय संक्रमित थपिएका छन् । यो साता ११ लाख ८४ हजार ८१७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
समाचार
-
नेपाल सरकारले एमसिसि सम्झौता ससदबाट अनुमोदन गर्ने प्रयोजनका लागि फागुन ४ गते संसद सचिवालयमा…
-
दमौली/MCC विरुद्धमा देशव्यापी जनआक्रोस बढ्दै जान लागेको बेलामा बुधबार दमौलीमा छ दलीय मोर्चाले झिल्को…
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले फागुन नौ गतेबाट चौथो चरणको जिल्लाभ्रमण शुरू गर्ने भएकोछन्…
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको भएपनि मृत्युदरमा भने…
-
दमौली/व्यास नगरपालिकाले ‘मोर्डना खोप’को दोस्रो डोज दिने भएको छ ।पहिलो डोज लगाई दोस्रो डोज…
-
दमौली/तनहुँका अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको ७३ औं…
-
व्यास नगरपालिकाले आफ्नो ३६ औं नगरसभाबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि संसोधित १ अर्ब…
-
रमेश विकलअघिल्लो बुधबार अर्थात माघ, १२ गते केन्द्रीय तथ्याङ्क विभागले बाह्रौं जनगणनाको प्रारम्भिक तथ्याङ्क…
-
दमौली/नेपाल सरकारले जेठ चार गते एकैपटक देशभरका सात सय त्रिपन्न स्थानीय तहको निर्वाचन गर्ने…
