दमौली/नवलपरासी जिल्ला अदालतबाट तनहुँ जिल्ला अदालतमा सरुवा भै आउनु भएका जिल्ला न्यायाधीश धर्मराज पौडेललाई बुधबार तनहूँ जिल्ला बार इकाईले स्वागत गरेको छ ।

तनहुँ जिल्लामा कार्यरत न्यायाधीश राजेकुमार कटुवालको सरुवा भएपछि रिक्त दरबन्दीमा न्यायाधीश पौडेलको सरुवा भएको हो । कास्की जिल्लामा जन्मेर न्याय सेवा, सरकारी वकिल हुँदै कार्यदक्षता, क्षमता र ज्येष्ठताका आधारमा जिल्ला न्यायाधीशको नियुक्ति पाउनु भएका न्यायाधीश पौडेल सोमबार तनहुँ जिल्ला अदालतमा हाजिर हुनुभएको हो ।
स्वागत कार्यक्रममा बरिष्ठ अधिवक्ताद्वय कमलामोहन वाग्ले र परशुराम गिरी अधिवक्त भानुभक्त सुवेदी लगायतले सम्पूर्ण तनहुँ बारको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता तनहुँ बारकी अध्यक्ष सरीता थापा भण्डारीले र सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको थियो ।
