
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरको पूर्वतर्फ अवस्थित भगवान् शाक्यमुनि बुद्धको मूर्ति । ध्यान मुद्रामा बसिरहेको स्वरूपमा निर्माण गरिएको मूर्तिको निर्माण कार्य सन् २०७० मा सुरु भएको र २०७५मा पूर्ण रूपमा सम्पन्न भई अनावरण गरिएको थियो । करिब ३५ फिट अग्लो र ६० टन तौल भएको यो मुर्तिको निर्माण मुक्तिनाथमै जन्मथलो भई अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपाली व्यवसायी सोनाम लामाको प्रयासमा सम्पन्न भएको हो ।
