दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको भएपनि मृत्युदरमा भने खासै कमी आउन सकेको छैन ।
तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण विस्तारै घट्दै गएको तर मृत्यु दरमा भने खासै कमी नआएको देखिएको हो । माघ २० गते विहिबार देखि २६ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको ३१.४ प्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा १४.६७ प्रतिशतमा झरेको छ ।
संक्रमणमा उतारचढाव भने यो साता पनि चलिनै रह्यो । सााको पहिला दिनको झण्डै ३७१ प्रतिशत संक्रमण सोमबार घटेर १३.७१ प्रतिशतमा आयो । मंगलबार फेरी बढेर १५.४१ प्रतिशत रहेको संक्रमण दर साताको अन्तिम दिन बुधबार भने घटेर १४.६७ प्रतिशतमा पुगेको छ ।
बुधबारसम्म पाँचसय भन्दाबढी संक्रमित हुने जिल्लाको संख्या काठमाण्डौं, मोरङ लगाएत १३ जिल्ला रहेका छन् भने तनहुँ लगाएत १७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म जम्मा संक्रमित मध्ये नौ लाख २८ हजार ३६९ जना अर्थात ९५.७ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ । यो सातामात्र कोरोना संक्रमणका कारण ८६ जनाले ज्यान गुमाएका छन् ।
अघिल्लो साताको अवस्था पनि यस्तै थियो । यो साता ४९ हजार ६४९ संक्रमित संक्रमण मुक्त भएका छन् भने गत बिहिबार ६३ हजार २९६ रहेको सक्रिय संक्रमितको संख्या यो बुधबार आइपुग्दा ३० हजार २४१ मा झरेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै २१–३० उमेर समूहका ४९६ संक्रिय संक्रमित थपिएका छन् ।
संक्रमण घट्यो, मृत्युदर?
previous post