दमौली/राजनीतिक महत्वाकाँक्षाले प्रभावित कार्यकर्ताको दिनचर्या कुदाकुदको अवस्थामा देखिएका छन् भने चुनाव जित्न हम्मेहम्मे ठानेका नेताहरुलाई भगौडा कार्यकर्ता छोपाछोपको हैरानी देखिएको छ ।
निर्वाचन आयोगले दशैंले राम्रोसंग नछोड्दै उम्मेदवारी दर्ता गर्ने मिति तोकि दिएपछि यस बर्षको दशै राजनीतिक जागिर खाने सपना बोकेकाहरुलाई कुदाकुद र छोपाछोपको दशैं बनेको छ ।
निर्वाचनमा उम्मेदवारी नपाउने भएपछि कार्यकर्ता पंक्तिमा कुदाकुदको अवस्था देखिएको छ भने पार्टीबाट टिकट पाउने सुनिश्चित भएका नेताहरुलाई भगौडा कार्यकर्तालाई समेल्न छोपाछोपको हैरानी परेको छ ।
विशेषगरी नेपाली काँग्रेसका कार्यकर्ता कोही घण्टी बजाउँदै कुद्न थालेका थिए भने कोही कार्यकर्ता रेल र पानी जहाजको सपना देखेर भाग्दै थिए । यी दुवै थरी नेपाली काग्रेससम्बद्ध कार्यकर्ता त्यसमाथि निर्वाचन क्षेत्र नं. १ कै कार्यकर्ता भएका कारण यो क्षेत्रबाट संघीय निर्वाचनमा चुनाव जितेर प्रधानमन्त्री बनेर मर्ने अन्तिम इच्छा प्रकट गरेका नेता रामचन्द्र पौडेल त्यो हैरानी भोग्ने नेता भएका छन् । पानीको माछा फुत्के झै कार्यकर्ता फुत्कन खोज्ने, रामचन्द्र पौडेल माझी बनेर कार्यकर्ता छोप्ने हैरानीमा यस बर्षको दशैं उनका लागि दशा नै बनेको अहिलेको परिस्थितिले देखाएको छ ।
पौडेलले आफ्ने विरुद्ध चुनाव लडेका पूर्णबहादुर गुरुङलाई चोख्याएर चुनाव लड्दा पनि उठ्नै नसकेर लडेका थिए । यस पटकको आमनिर्वाचनमा पनि पूर्ण बहादुर गुरुङ्ग एमाले प्रवेश गर्ने हल्ला व्यापक भएपछि अन्ततः बुधबारसम्म आईपुग्दा माझी बनेर त्यसलाई छोप्न पौडेल सफल भएका छन् । त्यसैगरी डा. शेषरमण न्यौपाने रवि लामिछानेको कार्यकर्ता बनेर घण्टी बजाउँदै आफू विरुद्ध चुनावी मैदानमा आउने सार्वजनिक भएपछि उनलाई पनि छोपेर फुर्लुङमा हाल्न रामचन्द्र पौडेल सफल भएका छन् । मौकाको खोजीमा रहेका मानकाजी श्रेष्ठले अवसर पाए कुदाकुदको दौडमा भाग लिने मनस्थितिमा भएको चर्चा तनहुँको राजनीतिक बृत्तमा चल्न थालेको छ । त्यति मात्रै होइन मनोनय दर्ता गर्ने असोज २३ गतेका दिनसम्म भावि प्रधानमन्त्री कतिपटक माझी बन्न पर्ने हो प्रतिक्षाको विषय बनेको छ । जे होस् यसपालिको दशैंमा अवसर खोज्ने र दिनेको बीच कुँदाकुद र छोपाछोपको दशै बन्नेमा भने दुईमत नरहने देखिएको छ ।
समाचार
-
तनहुँसुर/तनहुँसुर सामुदायिक होमस्टेले यस बर्षको ४३औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष…
-
दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार…
-
कमलबारी/रुम टु रिड, पढ्नको लागि कोठा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रमले सिद्धेश्वरी मावि कमलबारीमा…
-
विश्वको सर्वप्राचिन हिन्दु धर्मका अनुयायीहरुको महत्वपूर्ण पर्व हो, दशैं । यो समयमा नेपालमा विद्यालयहरु…
-
दमौली/नेपाली काँग्रेस वी.पी. चुनावी तालमेल भएमा बाहेक संघीय निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी…
-
निर्वाचन आउन ५९ दिन बाँकी, क्षेत्र नं १ मा कांग्रेस तथा २ मा एमाले अगाडि
by Tanahu Awajby Tanahu Awajप्रदेश सभातर्फ १(क), १(ख) र २(ख) मा कांग्रेस तथा २(क) मा एमाले अगाडि दमौली/तोकिएको…
-
दमौली/आसन्न मंसिर ४ गते हुने भनिएको संघीय निर्वाचनमा मतदाता समक्ष प्रचार अभियानलाई पु¥याउन, चुनाव…
-
निलम्वित प्रधानन्यायाधीश विरुद्ध महाभियोग पारित होला ? हुन नसक्दा न्यायालयको छवि विगार्ने संसद कि न्यायाधीश ?
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातानेपाल सरकारले अभ्यास गर्न लागेको ‘महाभियोग’ का अघिल्ला प्रकरणमा झै सत्रुसाध्य गर्ने अस्त्र अब…
-
पोखरा/कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराले निशुल्क डेंगु परिक्षण गरी स्वास्थ्य सेवा प्रदान…
