दमौली/कार्तिक ११ गते व्यास नगरपालिकामा एष्ट्रजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । आदिकवि भानुभक्त बहुमुखी क्याम्पस, केराबारी आ.स्था.केन्द्र, उद्योग बाणिज्य संघ, सत्यवती मावि, महर्षि वेदव्यास संस्कृत मावि, व्यास नपाको सभाहल, सिमलटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, दमौली मावि, पाथ्रा आ.स्वा.के र गजुरे स्वा.केन्द्रबाट खोप अभियान संचालन हुने व्यास नगरपालिकाले एक सूचना मार्फत बताएको छ । खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोपकार्ड अनिवार्य रुपमा ल्याउन व्यास नपाले अनुरोध गरेको छ । साथै व्याप नपाको सभाहलमा कात्तिक १२ र १४ गते पनि खोप अभियान संचालन हु्ने छ ।
एष्ट्रजेनेकाको दोस्रो मात्रा लगाइने
previous post