23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

उद्यमशील साकोसको छैटौं साधारण सभा सम्पन्न

दमौली/उद्यमशील बचत ऋण सहकारी संस्थाले गत शनिबार आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित छैटौ साधारण सभामा अध्यक्ष विकल्प श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सो साधारण सभाले सचिवले पेश गरेको प्रतिवेदन समेत कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजकले पेश गरेको प्रतिवेदन, व्यवस्थापकले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको थियो । साथै साधारण सभाले रिक्त रहेको कोषाध्यक्षको बाँकी अवधिको लागि उपकोषाध्यक्षलाई जिम्मेवारी प्रदान गर्ने कार्य समितिको निर्णयलाई समेत अनुमोदन गरेको थियो ।

उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं साधारण सभाको प्रतिवेदनको रुपमा एक डकुमेन्ट्री पनि पेश गरेका थियो । विशेषगरी नीति, विधि, र प्रविधिलाइ पछ्याएको यस सहकारी संस्थाले यस बर्षको छैटौं साधारण सभामा प्रस्तुत डकुमेन्ट्री निर्माणमा एआई प्रविधिको सहारा लिएको बताएको छ ।
सहकारीले आफ्नै कर्मचारीहरुलाई प्रशिक्षण दिएर स्वागत नृत्य सहितको संगित पनि प्रस्तुत गरेको थियो । विगतका बर्षहरुको अभ्यासबाट आत्मनिर्भर हुँदै यसबर्ष साकोसले उद्घोषणका लागि आफ्नै कार्यसमितिका महिला सदस्यलाई प्रशिक्षित गरेर मौलिकता र मितव्ययिता प्रकट गरेको थियो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले आफैलाई प्रमुख अतिथि बनाएका आयोजकलाई रोसपूर्ण, कडा, निर्देशात्मक टिप्पणी गरेको पाईन्थ्यो । तर उद्यमसिल बचत तथा ऋण सहकारी संस्थाको छैटौ साधारण सभालाई सम्बोधन गर्ने उद्घोेषक देखि सभाध्यक्षसम्मको खुलेर प्रसंसा गरेको पाइयो । इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ र सचिव पूर्ण वि.के.को नामै लिएर नगरप्रमुखले प्रसंसा गरेका थिए ।
सम्बोधनका क्रममा नगरप्रमुखले उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको राम्रा कामको प्रसंसा गर्दै दिएको रचनात्मक सुझावहरुले उनको आफ्नोपन प्रकट गरेको थियो । नगर प्रमुख न्यौपानेले सहकारी र यसका सञ्चालकहरु बद्नाम भैरहेको बेलामा उद्यमसिलले चार बर्षमा आफ्नो छुट्टै पहिचान बनाएको खुलेर प्रसंसा गरेका थिए । नगर प्रमुख न्यौपानेले कर्मचारीहरुको सेवा, सुविधा, सामाजिक सुरक्षाको प्रत्याभूति गरेर कर्मचारीहरुबाट हुन सक्ने अनियमिततालाई हतोत्साहित तथा निरुत्साहित गरेर सहकारीको संरक्षण र सम्बद्र्धन गर्न सहकारी सञ्चालकहरुलाई सुझाव दिएका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले सहकारीहरुको अनुगमन गर्नुपर्नेमा अनुगमन कार्य व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्दै जिल्ला सहकारी संघ मार्फत अनुगमन गर्ने गराउने प्रयास भएको कुरा प्रष्ट्याएका थिए ।
उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको सबै प्रतिवेदनहरुको सिंहावलोकन गरेका नगरप्रमुख न्यौपानेले जग्गा र घर कर्जामा मात्रै सीमित नरही युवा उद्यमशिलताको क्षेत्रमा पनि लगानी गरेर नाम अनुसारको काम गर्न सुझाएका थिए । त्यसको लागि उद्यमसिलता कोष स्थापना गर्न पनि नगरप्रमुख न्यौपानेले सुझाएका थिए ।
नीति, विधि, प्रविधिको कुरा गर्ने उद्यमशील बचत तथा ऋण सहकारी संस्थालाई नीतिगत कार्ययोजना अनुसार दया, मोलाहिजा, नाताको प्रभावमा नपरि सम्पूर्ण शेयर सदस्यहरुको लगानिको सुरक्षणको प्रत्याभूति दिलाउने विश्वास आर्जन सकोस भनेर उद्यामसिल बचत तथा ऋण सहकारी संस्थालाई शुभकामना दिएका थिए ।
अध्यक्ष इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ अध्यक्षमा आयोजित साधारण सभामा कार्यसमिति र कर्मचारीहरु तोकिएको पोशाकमा देखिएका थिए । सचिव पूर्ण वि.क. र सदस्य सिम्रन शाहीले संयुक्त रुपमा सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामचन्द्र भट्टले स्वागत गरेका थिए । प्रविधि नियन्त्रण पनि सहकारीकै कार्य समितिका सदस्यहरुबाट भएको थियो ।

Related posts

अदालतले बोलायो पत्रकार

Deepak Joshi

तनहुँका छ जना पत्रकार पुरस्कृत

Deepak Joshi

घट्दै ओमिक्रोनको कहर

admin