20.7 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

तनहुँका छ जना पत्रकार पुरस्कृत

दमौली/नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँका छ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट छ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष ओमकार आचार्य, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका सल्लाहकार नारायण खड्का, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेललाई पुरस्कृत गरिएको छ ।
उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सङ्घीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व सहसचिव मिला दरैलाई प्रदान गरिएको छ । सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशी रु पाँच हजार रहेको छ भने अन्य पुरस्कारको राशी जनही रु दश हजार रहेको छ ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, वरिष्ठ अधिवक्ता तथा नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक कमलामोहन वाग्ले, शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरु प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सम्मानित एवं शाखाका सल्लाहकार नारायण खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा शाखाका उपाध्यक्ष प्रताप रानाले स्वागत गरेका थिए भने सञ्चालन शाखाका सचिव कृष्ण न्यौपानेले गरेका थिए ।

Related posts

चण्डिदेवीमा निःशुल्क आँखा शिविर

admin

सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे

admin

राष्ट्रिय एकता दिवस

admin