21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

रातारात वडाध्यक्ष अस्पताल

ऋषिङ्ग/ऋषिङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आपतकालिन अवस्थाका विरामीलाइ रातारात अस्पताल पु¥याएका छन् ।
पुस ११ गते विदाको दिनमा माछा मार्न जाँदा लडेर नाकेडाँडी काटिएका शिबसरस्वती माविको कक्षा १ मा पढ्दै गरेका विमल आलेको प्राथमिक उपचारबाट रगत नरोकिएपछि अस्पताल पु¥याउने सहारा नपाएका बेला वडाध्यक्षले त्यो अभिभावकत्व ग्रहण गरेका थिए ।

अपरान्ह ४ बजे लडेका छत्रबहादुर आलेका छोरा विमल आलेको उपचार हुन नसकेको सूचना मिलन चोक निवासी निलबहादुर रानाले राती नौ बजे थाहा जानकारी दिएपछि वडाध्यक्ष श्रेष्ठले ऋषिङ्गबाट उठाएर रातको १२ बजे जीएमसी अस्पताल पोखरामा पु¥याएर उपचार गराएको नावालकको पिता छत्रबहादुरले जानकारी दिए ।
आफ्ना पिता सरस्वतीकृष्ण श्रेष्ठको प्रेरणाले समाजसेवामा लागेको बताउने वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले गाउँमा कसैलाई राशन बाँड्ने, नागरिकता बनाउन आफ्नै सवारी साधनमा राखेर दमौली पु¥याउने, विरामी पर्दा अस्पतालमा पु¥याउने जस्ता काम गर्दै आएको विभिन्न सञ्चार माध्यमहरुबाट बेलाबखत समाचारहरु सार्वजनिक हुँदै आएको छ ।

Related posts

ट्रेड युनियनमा केसी

admin

पढ्नका लागि कोठाको अन्तरक्रिया

admin

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin