दमौली/व्यास नगर कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले व्यास नगर क्षेत्रभित्रका विद्यालयहरुमा आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यपालिका बैठकले नेपाल सरकारको निर्णय अनुसार आईतवार विदा दिने निर्णय अनुसार नै व्यास कार्यपालिका बैठकले पनि निर्णय गरेर आईतवार विदा दिने भएको हो ।
व्यास नगरकार्यपालिका बैठकले विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरुलाई अध्ययन गरेर पायक पर्ने नजिकको विद्यालयमा समायोजन गर्ने निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको क्षेत्राधिकार भित्र आएका मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान गरिने सेवालाई आउने आर्थिक बर्षदेखि व्यास नगरपालिकाबाटै सेवा प्रदान गर्न सकिने गरी आवश्यक जनशक्ति र पूर्वाधार निर्माण पनि कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिका स्रोतले जनाएको छ ।
व्यास नगर कार्यपालिका निर्णय
previous post
