दमौली/बाह्र बर्षसम्म ३६ प्रतिशत भौतिक कामको प्रगति देखिएको घुमाउने पुलको निर्माण ठेक्का रद्ध प्रक्रिया शुरु भएको छ । मृत सञ्जीवनी निर्माण सेवाले २०७० साल असारमा कूल लागत दश करोड भन्दा बढीको लागतमा निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकारले सम्झौता गरेको थियो । बाह्रबर्षसम्म पनि निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीसंगको सम्झौता रद्द गर्न सडक डिभिजन कार्यालय दमौलीले सर्वाजनिक सूचना जारी गरेको छ ।
तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं ५ र चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २९ जोड्ने यो पुल निर्माण सम्पन्न हुँदा दमौलीदेखि नारायगढको यात्रा मुग्लिङ्ग खण्डबाट हुने यात्रा भन्दा २५ किलोमिटर छोटो हुनेछ । दमौली नागरायगढको बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेछ ।
घुमाउने पुलको ठेक्क रद्द
previous post
