24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

साधन पुस्तिका हस्तान्तरण

दमौली/शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमीबाट खटिएका विज्ञ परिक्षकले दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा तीन दिन लगाएर तयार पारेको मुल्याङ्कन पुस्तिका विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेलाई विज्ञ परिक्षक टोपबहादुर श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच विद्यालय कार्य सम्पादन परिक्षण साधन पुस्तिका हस्तान्तरण गरेको हो । हस्तान्तरण अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा पत्रकारहरुको प्रतिनिधिमूलक उपस्थितिमा मूल्याङ्कन पुस्तिकाको बारेमा समिक्षा समेत गरिएको थियो ।

समिक्षामा सहभागिहरुले मूल्याङ्कनका सूचकहरु मेहनत गरेर शैक्षिक उपलब्धि हासिल गर्न सफल सामुदायिक विद्यालयहरुलाई हतोत्साहि तुल्याउने खालको रहेको टिप्पणी गरेका थिए । उनिहरुको सुझाव थियो विद्यालयले साधनस्रोत जुटाएर नीजि स्रोतमा राखेका शिक्षकहरुलाई शिक्षक संख्यामा गणना गरी अस्थायी शिक्षकको बर्गमा परिदा सत्यवती माध्यमिक विद्यालय जस्ता देशलाई नमूना शैक्षिक गुणस्तर दिन सक्ने सामुदायिक विद्यालयहरु हतोत्साहि तुल्याएको सहभागिहरुको बुझाई रहेको थियो ।

शैक्षिक गुणस्तर परिक्षण केन्द्रले तयार पारेको मुख्य सूचकमा लगानी, शिक्षण सिकाई प्रक्रिया र शैक्षिक उपलब्धिलाई लिएर मूल्याङ्कन सूचक समावेश भएको मुल्याङ्कन पुस्तिका तयार परेको थियो ।

चौबीस सय विद्यार्थीको चापलाई नेपाल सरकारले दिएको २९ जना स्थायी शिक्षक र १५ अस्थायी शिक्षकको अलवा ३९ जना नीजि स्रोतबाट व्यवस्थापन गरी ८३ जना शिक्षकबाट अध्यापन गराउनुलाई थप मुल्याङ्कनमा पारिनु पर्ने, विशेष गरी सत्यवती माध्यमिक विद्यालय जस्ता सामुदायिक विद्यालयहरुको दावी रहेको छ । तनहुँको सदरमुकाममा रहेको सत्यवती मावीले जग्गा दाता नपाएको अवस्थामा गरेको भौतिक विस्तार र साधन स्रोतमा गरेको लगानीलाई पनि मूल्याङ्कनको सूचकमा राखिनु पर्ने जिकिर सत्यवती माविको रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक एकबहादुर गुरुङ्ग र पूर्व प्रधानाध्यापक इन्द्र पौडेल समेतले समिक्षा बैठकमा आफ्नो धारणाहरु राखेका थिए । २०६८/०६९ बाट नेपालमा शुरु भएको यो कार्यक्रम२०७७÷७८ बाट तनहुँमा शुरु भएको थियो । गत बर्ष मूल्याङ्कन हुन बाँकी रहेको ३४ विद्यालयको यस बर्ष मुल्याङ्कन गरिन लागेको विज्ञ श्रेष्ठले बताए । यस बर्ष मुल्याङ्कन गरिने ३४ विद्यालयहरुमा आँबु–४, ऋषिङ्ग–५, घिरिङ्ग–१, भिमाद–४, बन्दिपुर–४ र व्यास–१६ विद्यालयहरु रहेका छन् । देशभरमा नौ सय पचास सामुदायिक विद्यालयहरु रहेका छन् ।

Related posts

एकिकरण आयोजना स्वीकृत

admin

तनहुँ रेडक्रसको ३९औं साधारण सभा

admin

२७औं अधिवेशनमा दमौलीबाट मतदान

admin