दमौली/नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पबिन्द्र कुमार श्रेष्ठलाई बधाई ज्ञापन गरएको छ । आफ्ना पूर्व अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तनहुँ उद्योग वाणिज्य संघ दमौलीले बुधबार एक औपचारिक कार्यक्रम आयोजना गरी श्रेष्ठलाई सम्मान सहित बधाइ ज्ञापन गरेको हो । बधाइ ज्ञापन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल, पूर्व अध्यक्षहरु, उद्योगी तथा व्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भूगोलबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
केन्दीय सदस्यलाई बधाई
previous post
