22.6 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

सांसद भण्डारीद्वारा वडा कार्यालय उद्घाटन

ऋषिङ/प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले ऋषिङ गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको उद्घाटन गरेका छन् । आइतबार भवन उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै सांसद भण्डारीले सुविधा सम्पन्न भवनबाट जनताले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

तस्वीर: प्रकाश अधिकारी

वडा नं ४ का वडाध्यक्ष प्रेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ऋषिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाई लगायतले मन्तव्य राख्दै नयाँ कार्यालयबाट आगामी दिनमा अझ जनमुखी सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले स्वागत गरको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्रीय सभापती इन्द्रबहादुर आले, पूर्व वडा अध्यक्ष भोजराज रानाभाट, बालविकास माविका विव्यस अध्यक्ष डम्बरबहादुर विक, स्थानीय देवी श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राखेका
थिए ।
वडा सचिव सन्दिप श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडाका पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । ६८ लाखको कुल लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

Related posts

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

नरभक्षी चितुवा मार्न निर्देशन

admin

सर्वदलीय बैठक आह्वान

admin