दमौली/महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ ८२ को विवरण अनुसार तनहुँ जिल्लामा सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकाको देखिएको छ ।
आँबुखैरेनी गापा कुल लेखापरिक्षण भएको बजेटको ३.३६ प्रतिशत सहित सबैभन्दा धेरै बेरुजु हुने पालिकामा पर्दा भिमाद भने ०.३१ प्रतिशत सहित सबैभन्दा कम बेरुजु हुने पालिकामा परेको छ ।
उक्त आर्थिक वर्षमा आँबुखैरेनीको रु चार करोड दुई लाख १९ हजार बेरुजु छ । त्यसअवधिमा रु एक अर्ब १९ करोड ८० लाख ४८ हजारको लेखापरीक्षण गरिएको थियो । उता भिमाद नगरपालिकाको बेरुजु भने ०.३१ प्रतिशतमात्रै छ । नगरपालिकाको रु एक अर्ब ५३ करोड ७४ लाख सात हजारको लेखापरीक्षण गरिएकामा रु ४७ लाख छ हजार बेरुजु रहेको महालेखाको विवरणमा उल्लेख छ ।
यसैगरी व्यास नगरपालिकाको रु तीन अर्ब १९ करोड ६१ लाख ९४ हजारको लेखापरीक्षण गरिएकामा रु नौ करोड ५४ लाख ८२ हजार (२.९९ प्रतिशत) बेरुजु देखिएको छ । बन्दीपुर गाउँपालिकाको रु एक अर्ब १० करोड ६६ लाख ४० हजारको लेखापरीक्षण गरिएकामा रु तीन करोड पाँच लाख ८४ हजार(२.७६ प्रतिशत) बेरुजु सहित तेस्रो स्थानमा रहेको छ ।
यसपछि क्रमषः शुक्लागण्डकी नगरपालिकाको रु दुई अर्ब ३७ करोड २३ लाख ५५ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड ७५ लाख ३२ हजार (२ प्रतिशत), भानु नगरपालिकाको रु दुई अर्ब नौ करोड दुई लाख ७५ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड छ लाख ३६ हजार (१.९४ प्रतिशत), म्याग्दे गाउँपालिकाको रु एक अर्ब २९ करोड १६ लाख ३१ हजारको लेखापरीक्षण गरिएकामा रु दुई करोड ४० लाख ४० हजार (१.८६ प्रतिशत), देवघाट गाउँपालिकाको रु एक अर्ब छ करोड ८८ लाख ९७ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड ४३ लाख ५५ हजार (१.३४ प्रतिशत), ऋषिङ गाउँपालिकाको रु एक अर्ब २३ करोड चार लाख ३३ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड ५२ लाख ३२ हजार (१.२४ प्रतिशत), घिरिङ गाउँपालिकाको रु ९४ करोड ४३ लाख ९३ हजारको लेखापरीक्षण गरिएकामा रु ९१ लाख ३५ हजार (०.९७ प्रतिशत) बेरुजु रहेको छ ।
Uncategorised
-
आज अप्रिल २, अर्थात अटिजम जागरूकता दिवस । अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा जागरूकता र…
-
फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट दलका १२…
-
आदरणीय तनहुँबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई एउटा खुल्ला पत्र!
by Tanahu Awajby Tanahu Awajप्रिय तनहुँ–१ का बुबा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, तीन पुस्तासम्म नेपाली कांग्रेसलाई केवल एउटा…
-
व्यास नगर प्रज्ञा प्रतिष्ठानले दमाैलीमा ठाडाे भाका प्रशिक्षण गर्ने भएकाे छ । पौष १७,…
-
व्यासको खर्च कटौतीः शिक्षक सेवाबाट बिदा, अन्यलाई मार्ग प्रशस्त गर्न जानकारी
by Tanahu Awajby Tanahu Awajदमौली/व्यास नगरपालिकाले खर्च कटौती कार्यक्रम अन्तर्गत स्वयम सेवक शिक्षक तथा पूर्व प्राथमिक शिक्षकलाई सेवाबाट…
-
मंसिर १ र २ मा व्यास नपाले नगर स्तरीय सातौं अन्तर विद्यालयराष्ट्रपति रनिङ शिल्ड…
-
वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँ द्वारा आयोजित यज्ञोपवित रक्षाबन्धन कार्यक्रम अनसन…
-
दमौली/कानुनको नजरमा साना र ठूला कोही हुँदैन । पहुँच नभएको व्यक्तिलाइ देखाउने रवैया र…
-
जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाल बार एशोसिएशन तनहुँ बार इकाईको २१औं अधिवेशनको मिति २०८२ जेठ २ गतेका लागि…
