रमेश विकल
नेपाली कांग्रैसको चौधौं महाधिवेशन चौथो पटक सार्वजनिक कार्यतालिका अनुसार पनि नहुने निश्चित भएको छ । सभापति शेरबहादुर देउवाले मंसिर भित्र महाधिवेशन सक्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न निर्वाचन समितिलाई आग्रह गरेसंगै चौथोपटक निर्धारित मिति मंसिर ९–१३ मा नहुने भएको हो । बुधबार नयाँ कार्यतालिका सार्वजनिक गर्दै केन्द्रीय महाधिवेशन मंसिर २७–३० मा गर्ने भनिएपनि सो मितिमा पनि महाधिवेशन हुनेमा आशंका बढेको छ ।
२०७२ फागुन तेस्रो साता(२०–२३)१३औं महाधिवेशन गरेर चार वर्षका लागि नयाँ केन्द्रीय समिति तोकेको कांग्रेसको चौधौं महाधिवेशन २०७६ फागुन तेस्रो साता(२३) सम्ममा भैसक्नु पर्ने हो । तर हरेक नेतालाई जस्तै देउवालाई पनि पार्टी सत्तामा रहिरहने तृष्णाले छोडेन र पार्टी विधानमा भएको विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने व्यवस्थालाई टेकेर एक वर्ष कार्यकाल थपे । जब त्यतिबेला त्यस्तो कुनै विशेष अवस्था थिएन । एक वर्ष पछि २०७७ फागुन ७–१० मा गर्नेगरी महाधिवेशनको मिति त तोकियो तर सो समयमा महाधिवेशन हुन सकेन ।
यो संगै कांग्रेस विधानमा रहेको पाँच वर्षे कार्यकालको हद म्याद त सकियो तर संविधानमा रहेको व्यवस्थाको अस्त्र प्रयोग गर्दै कांग्रेसले विधान संशोधन गरेर ६ महिना कार्यकाल थप्यो र २०७८ भदौं ७–१० महाधिवेशन गर्ने मिति तोक्यो । विभिन्न बहानामा महाधिवेशन सार्ने बानी जस्तै परेको कांग्रेसले फेरी उक्त मिति परिमार्जन गरी १६–१९ भदौ तोक्यो तर क्रियाशील सदस्य सम्बन्धी विवादका कारण असार ४ मा तेस्रो पटकका लागि निर्धारित मितिमा पनि महाधिवेशन हुन सकेन ।
भदौं १९मा पार्टीको सबैभन्दा तल्लो निकाय, वडाको अधिवेशन गरेर महाधिवेशनको सुरुवात गरेको भएपनि आन्तरिक विवाद नमिलेका कारण मंसिर९–१३ मा गर्ने भनिएको केन्द्रीय महाधिवेशन भने तोकिएको समयमा नहुने भएको छ । दुइ तिहाई जिल्लाको स्थानीय तहको अधिवेशन सकेको तथा १३ जिल्लाको जिल्ला अधिवेशन सकेको भएपनि कतिपय जिल्लाको क्रियाशील सदस्य सम्बन्धी विवाद समाधान हुन नसक्दा समयमा केन्द्रीय अधिवेशन नहुने भएको हो ।
मंसिर अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापति देउवाले निर्देशन दिएका र सोही अनुसार कार्यतालिका सार्वजनिक भएको भएपनि आमकार्यकर्ता विश्वस्त हुन सकेका छैनन् । अझ निर्वाचन समितिका सदस्यहरुले नै समय अत्यन्त छोटो भएकाले महाधिवेशन गर्न कठिन हुने बताएपछि महाधिवेशन हुने कुरामा रहेको अविश्वास अझ बढेको छ ।
१४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित त भएको छ तर त्यो कार्यतालिकामा पनि महाधिवेशन हुन्छ कि हुन्न भन्दै गर्दा आमकार्यकर्ता भने बारम्बार महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तर गर्न नसक्ने कुराले पार्टीको विश्वासनियता मै आँच आउने चिन्तामा छन् । आमकार्यकर्ताको चिन्ता हटाउन र पार्टीको साख गुम्न तथा संवैधानिक हैसियत समेत कायम राख्न पनि बुधबार प्रकाशित कार्यतालिकामा कांग्रेसले आफ्नो चौधौं महाधिवेशन गर्नैपर्छ ।
समाचार
-
कमलबारी/रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अन्तर्गत सिद्धेश्वरी माविका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको…
-
दमौली/माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको…
-
दमौली/कार्तिक ११ गते व्यास नगरपालिकामा एष्ट्रजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । आदिकवि…
-
दमौली, कार्तिक ९ १० औं अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला कार्यक्रम सम्पन्न…
-
दमौली/ टु रिड क्षेत्रिय कार्यालय तनहुँले शैक्षिक सामग्री सहयोग गरेको छ । रुम टु…
-
दमौली/देशभर कोरोना संक्रमितको दर विस्तारै कम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले…
-
सरकारको मधुमास सकिँदा नागरिक भन्न थाले व्यर्थमै गए, देउवा सरकारका सय दिन
by Tanahu Awajby Tanahu Awajरमेश विकल२९ असारमा पाँचौ पटक सत्ता सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको यो पटकको सत्ता यात्राले…
-
दमौली/असोज ३१ आईतवारबाट साँझबाट शुरु भएको अविरल बर्ष बुधबार साँझसम्म झण्डै साठी परिरह्यो ।…
-
दमौली/नेपाल शिक्षक संघ तनहुँले विज्ञप्ति मार्फत शिक्षा समन्वय इकाई रमाकान्त शर्माको असोज २० प्रकाशित…
