दमौली/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफ्नो वेरुजु सून्य भएको जनाएको छ ।
कार्यालयले गत विहिबार पत्रकार सम्मेलन आयाजना गरी बेरुजु सून्य भएको तथा फागुन मसान्त सम्मको प्रगति ५० दशमलब ९५ प्रतिशत रहेको जनाएको हो ।
जिल्लाका पत्रकारहरु माझ आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले सुत्केरी महिलाको घर–घरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालनको तयारीमा कार्यालय रहेको जानकारी गराए । उनले भने सुत्केरी महिलाको घरमा ३ र ७ दिनका दिन स्वास्थ्यकर्मी जाने योजना बनाइएको यो कार्यक्रमले आमा र बच्चाको स्वास्थ्यमा आउन सक्ने समस्या निवारणमा सकारात्मक सहयोग पुग्नेछ ।
अधिकारीका अनुसार कार्यालयले गत फागुनसम्ममा ४१ पुरुष र २२ महिला गरी ६३ जनाको निःशुल्क स्थायी बन्ध्याकरण समेत गरेको छ । देवघाट, भानु, व्यास र बन्दिपुरमा अस्थायी बन्ध्याकरण शिविर सञ्चालन गरेर सेवा प्रदान गरिरएको जानकारी गराउँदै कार्यालय प्रमुख अधिकारीले स्थानीय जनप्रतिनिधि र सरोकार समूहसंगको परामर्श र सहयोगमा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए ।
प्रति हजार जनसंख्यामा झाडा पखालाको समस्या देखिने दर शुक्लामा सबैभन्दा धेरै २०६ रहेको तथा सबैभन्दा थोरै म्याग्देमा ७० हरेको छ । अधिकारीले झाडापखालाको प्रमुख कारण फोहर पानी भएकाले समस्या बढी भएका स्थानबाट खानेपानीको मुहान, धारा र स्रोतको नमुना संकलन गरी स्थानीय तह संग समन्वय गरेर जांच गर्ने कार्यक्रम पालिका स्तरीय रुपमा संचालन भईरहेको जानकारी गराए ।
कार्यालयले तनहुँमा विभिन्न ४७१ खोप केन्द्र मार्फत टाइफाईडको खोप सेवा प्रदान गरेको छ । अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका ९२ प्रतिशत बालबालिकाले उक्त खोप लगाएको समेत कायौलले जनाएको छ ।
जन्मने क्रममा वा जन्मिसेकपछि तनहँमा यो वर्ष व्यासका ४, ऋषिङका २, घिरिङको एक र भीमादको एक गरी आठ नवजात शिशुको ज्यान गएको तथ्याङ्क रहेको कार्र्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरी विद्यार्थीहरुलाई कुलतको बारेमा र शारीरिक परिवर्तनका बारेमा अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले वैशाख महिनालाई खोप महिना घोषणा गरेको समेत जनाएको छ ।
बेरुजु सून्य, प्रगति ५१ प्रतिशत
previous post