दमौली/नेपाल अडिटर्स एशोसिएशन जिल्ला कार्य समिति तनहुँको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा मिनराज गौतम पुनः तीन बर्षका लागिसर्वसम्मन निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश सदस्य सत्यप्रसाद खनालको प्रमुख आतिथ्यतमा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको सर्वसम्मत निर्वाचन गर्नका साथै संस्थाको बार्षिक प्रगति, आर्थिक तथा सांगठानिक प्रतिवेदन अनुमोदन गरेको अध्यक्ष मिनराज गौतमले बताए ।
अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः ज्ञान नारायण श्रेष्ठ, भोजबहादुर थापा, सब्बु श्रेष्ठलाई सर्वसम्मत निर्वाचन गरेको छ । त्यसैगरी सदस्यहरुमा श्रीभद्र खनाल, गोवर्धन खनाल, कोपिलामणि शर्मा, देवीबहादुर बस्नेत, सत्यप्रसाद खनाललाइ छैटौ अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले छौटौं राष्टिय अधिवेशन प्रतिनिधिमा सत्यप्रसाद खनाल र भोजबहादुर थापालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रदेश प्रतिनिधिमा पनि सत्यप्रसाद खनाल र कोपिलामणि शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
छैटौ जिल्ला अधिवेशनलाई प्रमुख अतिथि सत्यप्रसाद खनाल, तनहुँ जिल्ला अध्यक्ष मिनराज गौतम, सदस्य देवीबहादुर बस्नेत, सदस्य ज्ञाननारायण श्रेष्ठ र भोजबहादुर थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
छैटौ अधिवेशनबाट पुनः गौतम
previous post